लगातार सातौँ पटकको ब्याजदर वृद्धिले मोर्गेज तिरिरहेकाहरूलाई कस्तो प्रभाव पारेको छ त?

Seta Barberi working in her Campbelltown cafe in Sydney (SBS).jpg

Seta Berbari is a mortgage holder, managing a home and business loan on her Greater Western Sydney cafe. Credit: SBS

रिजर्भ बैंकले सातौँ पटक ब्याजदर वृद्धि गर्ने निर्णयका कारण आम सर्वसाधारण मारमा पर्ने भएका छन्।


उकालिएको बजार भाउ, त्यस माथिको निरन्तर बढिरहेको व्याज, रिजर्भ बैंकको पछिल्लो वृद्धिले भने आम मानिसलाई झनै ठुलो तनाव दिने निश्चित छ।

गत मे देखि लगातार प्रत्येक महिना ब्याजदर बुद्धि गदै गएको रिजर्भ बैङ्कले यस पटक ०.२५ अङ्कले ब्याजदर वृद्धि गरेर २.८५ प्रतिशत पुर्‍याए पछि यसको प्रत्यक्ष असरमा आम सर्वसाधारण पर्ने भएका छन्।

रिजर्भ बैंकको नयाँ रेटमा थपेर बैंकहरुले कर्जादार माथी असुली गर्ने भएकाले यतिखेर मोर्गेज लिइरहेका मानिसहरू चिन्तित बनाएको छ।

मुद्रास्फीति उच्च रहेको अवस्थामा, आगामी दिनमा पनि ब्याजदर बढ्ने रिजर्भ बैंकको भनाई छ।

मोर्गेजमा रहेका लाखौँ मानिसलाई त यसले प्रभाव पारेकै छ, व्यवसाय गरिरहेका मानिसहरू झनै प्रभावित बनेको बताइन्छ।

पश्चिमी सिड्नीमा बैकबाट ऋण लिएर व्यवसायमा लगानी गरेकी सेटा बाबरी बैङ्कको ब्याजदर वृद्धि हुँदा साना व्यवसायलाई असर पर्ने बताउँछिन्।

मानिसहरूले पैसा बचत गर्न कम खर्च गर्ने यसको प्रभाव प्रत्यक्ष पर्ने भएकाले आफूलाई यसले चिन्तित बनाएको उनले बताइन्।

मङ्गलवार रिजर्भ बैंकको ०.२५ अङ्कले ब्याजदर वृद्धि गरे पछि नयाँ रेट २.८५ प्रतिशत पुगेको छ।

रिजर्भ बैकका गभर्नर फिलिप लो, मुद्रास्फीति ८ प्रतिशत पुग्ने आङ्कलनका बिच ब्याजदर बढाउनु पर्ने परिस्थिति भएको बताउँछन्।

यता ट्रेजरर जिम चार्मस भने, मुद्रास्फीति यस अघि ट्रेजरीले अनुमान गरेको भन्दा बढी भएको बताउँछन्।

“दबाबमा रहेका अस्ट्रेलियालीहरुलाई यो झनै तनाव दिने विषय हो,” उनले भने।

केन्द्रीय बैंकले अस्ट्रेलियाको मुद्रास्फीति निकै उच्च रहेको चेतावनी दिइरहँदा, अन्य देशमा पनि अवस्था उस्तै छ।

अस्ट्रेलिया नेशनल विश्वविद्यालयका अर्थविद् बेन फिलीप, धेरै घरहरूमा ब्याजदर वृद्धिको प्रभाव देखिने बताउँछन्।

“मध्यम र उच्च आय भएका घरमा पनि यसको प्रभाव देखिन सक्छ, यसले गम्भीर असर पार्ने देखिन्छ,” उनले भने।

विदेशी बजारमा अन्यौलता र बाढीको प्रभावले पनि बजारमा महँगाइ बढाइरहेको बताइन्छ।

reserve bank, interrest rates, mortage repayments
The Reserve Bank of Australia has increased it's interest rate for a third time in consecutive months, changing the cash rate to 1.35% from 0.85%. Credit: APP

यद्यपि मन्दीको सम्भावना भने नरहेको अर्थविद् फिलिपले बताए।

“अहिलेको अवस्थामा मन्दीको सम्भावना देखिँदैन, बेरोजगार दर निकै कम छ, अर्थव्यवस्था मजबुत नै देखिन्छ,” उनले भने।

तर यता विपक्षी दल भने सरकारले जनतालाई राहतका लागि विकल्प दिनु पर्ने बताउँछ।

विपक्षी दलका छाया मन्त्री एङ्गस टेलर सरकारले जनताको काँधबाट बढ्दो ब्याजदर र मुद्रास्फीतिको भार हटाउनका लागि योजना सार्वजनिक गर्नु पर्ने बताउँछन्।

ग्यास एवम् बिजुलीको मुल्यबृद्धीका असरलाई सम्बोधन गर्नका लागि पार्टी भित्र र बाहिरबाट एल्वनिजी सरकारलाई दबाब बढिरहेको छ।

अस्ट्रेलियाली परिवारले भोग्नु परेको आर्थिक दबाबलाई यसले प्रतिनिधित्व गर्दछ।

सर्वसाधारण र व्यवसायीहरू सरकारबाट केही राहत हुने कदम आउँछ कि भनेर पर्खिरहेका बेला ट्रेजरर जिम चामर्स सरकारले सक्दो गरिरहेको आश्वासन दिन्छन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now