Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सिड्नीको अबर्नमा प्रहरीले ल्यायो अपराध रोक्ने नयाँ तरिका, यी हुन् तपाईँले जान्नै पर्ने कुराहरू

police.jpeg

The NSW Police Force and Cumberland City Council launched a new crime prevention strategy on Tuesday, 9 December 2025. Credit: SBS Nepali/Krishna Pokhrel

न्यु साउथ वेल्स प्रहरीले र कम्बरल्यान्ड काउन्सिल मिलेर अपराध नियन्त्रणका लागि एक नयाँ रणनीति सार्वजनिक गरेका छन्। मङ्गलवार, डिसेम्बर ९ मा सिड्नीस्थित अबर्नमा आयोजित कार्यक्रममा बहु सांस्कृतिक समुदाय लक्षित गरी तीन अभियान थालिने बताइएको हो। यस अन्तर्गत अपराध नियन्त्रण रणनीति सम्बन्धी ‘डिजिटल नोटिस बोर्ड’ राख्ने, ‘मल्टीकल्चरल सर्भिस डेस्क’को स्थापना र समुदायका सदस्यलाई ‘सेकेन्ड ह्यान्ड सामान’हरू सट्टा पट्टा गर्न सुरक्षित स्थान तय गरिने बताइएको छ। अबर्न पुलिस एरिया कमान्डका कमान्डर रबर्ट टोइन्टनले प्रदान गरेका जानकारी सहित उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायका सदस्यहरूसँग जुवाको लत र मादक तथा लागु पदार्थ दुर्व्यसनका समस्याबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा वा यौन हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्।

मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

जुवाको लत सम्बन्धि सहायता चाहिएको खण्डमा नेश्नल ग्यामलिङ हेल्पलाइनलाई १८०० ८५८ ८५८ मा सम्पर्क गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

लाइफलाइन: १३ ११ १४

बियन्ड ब्लु: १३०० २२ ४६३६

सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७

पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now