बुधवार, १३ मार्चमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गरेका छन्। कुल २६७ मतमा दाहालको पक्षमा १५७ मत परेका हुन्। काठमाण्डूसम्म पैदल आएका मिटर ब्याज पीडितहरू र सरकार बिचको सहमति र लामो समयसम्म माइतीघरमा अनसनमा बसेका आरती शाहको परिवारका माग सम्बोधन गरिने लगायत नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरूबारे नेपालबाट पत्रकार मनोज सत्यालले गरेको विश्लेषण सुन्नुहोस्।
नोट: कुराकानीमा व्यक्त गरिएका विचार एसबीएस नेपालीको नभई पत्रकार सत्यालका व्यक्तिगत विचार हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





