SKIP TO MAIN CONTENT

गारीः फ्रेजर आइल्यान्डले फिर्ता पायो आफ्नो परम्परागत नाम

FRASER ISLAND K’GARI RENAMING
Queensland Premier Annastacia Palaszczuk (centre) is seen with members of the Butchulla people, who are the Traditional Owners of K'gari during the official ceremony for the renaming of Fraser Island to K'gari, on K'gari, Wednesday, June 7, 2023. Source: AAP / DARREN ENGLAND/AAPIMAGE

फ्रेजर आइल्यान्डका नाममा चर्चा पाएको क्वीन्सल्यान्डको एक टापुले आफ्नो परम्परागत नाम पाएको छ।


Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

फ्रेजर आइल्यान्डका नाममा चर्चा पाएको क्वीन्सल्यान्डको एक टापुले आफ्नो परम्परागत नाम पाएको छ।


क्वीन्सल्यान्डमा रहेको विश्वकै सबैभन्दा ठुलो बालुवाको टापुले आफ्नो परम्परागत नाम फिर्ता पाएको हो।

फ्रेजर आइल्यान्डका रूपमा चर्चित उक्त टापुको नाम परिवर्तन गर्नु पर्ने माग आदिवासीहरूले लामो समयदेखि राख्दै आइरहेका थिए।

अन्ततः क्वीन्सल्यान्ड सरकारले उक्त माग स्वीकार गरेर अबदेखि सो टापु परम्परागत नाम गारीबाट चिनिने घोषणा गरेको हो।

दशकौँको प्रयास पछि सरकारी अधिकारी र आदीवासीहरुले एक ठुलो भेलामा नाम परिवर्तन भएको घोषणा गरेका थिए।

उपनिवेशका क्रममा अलाइजा फ्रेजरको नाममा उक्त टापुको नाम फ्रेजर आइल्यान्ड राखिएको थियो।

FRASER ISLAND K’GARI RENAMING
Members of the Butchulla people, who are the Traditional Owners of K'gari are seen during the official ceremony for the renaming of Fraser Island to K'gari, on K'gari, Wednesday, June 7, 2023. Source: AAP / DARREN ENGLAND/AAPIMAGE

तर आदिवासी समुदायले भने हजारौँ वर्षदेखि गारी कै नामबाट उक्त टापुलाई चिन्दै आइरहेका थिए र यो ऐतिहासिक गल्तीलाई सच्याउनका लागि धेरै मानिसहरूको माग थियो।

बुट्चाला एबोरजिनल कर्पोरेसनकी आन्टी गेल मिनिकेन सन् १८३० तिर यसलाई फ्रेजर आइल्यान्ड नामकरण गरिनु अघि नै गारीका नाममा चिनिने गरेको बताउँछिन्।

सन् १८३६ मा क्याप्टेन जेम्स फ्रेजर उनकी श्रीमती अलाइजा फ्रेजरको ढुङ्गा दुर्घटनामा परेपछि उक्त टापुलाई फ्रेजर आइल्यान्डको नाम दिइएको हो।

बुट्चाला समुदायका मानिसले सांस्कृतिक रूपमा यो नाम स्वीकार्य नरहेको बताउँदै आएका थिए।

FRASER ISLAND K’GARI RENAMING
Members of the Butchulla people, who are the Traditional Owners of K'gari are seen dancing during the official ceremony for the renaming of Fraser Island to K'gari, on K'gari, Wednesday, June 7, 2023. Source: AAP / DARREN ENGLAND/AAPIMAGE

समुदायको राय बुझ्दा पाएका ६ हजार प्रतिक्रिया मध्ये अधिकासले परम्परागत नाम नै राखिनु पर्ने मत दिएपछि सरकारले औपचारिक रूपमा नाम परिवर्तनको घोषणा गरेको हो।

क्वीन्सल्यान्डकी प्रिमीयर एनेस्टेसिया पालासे टापुको नाम परिवर्तन गरिनुलाई आदिवासी समुदायसँग भएको सन्धिको तर्फ बढेको अर्को एक कदमका रूपमा व्याख्या गर्छिन्।

“उज्यालो भविष्य निर्माणका लागि इतिहासमा भएका गलत कुरालाई स्विकार्नु पर्दछ, मेलमिलाप तर्फ अघि बढ्न एक अर्का प्रति सम्मान, मान्यतासँगै इतिहासका बारेका सत्य कुरालाई आत्मसाथ गर्नुपर्छ,” प्रिमियर पलासेले भनिन्।

यसैबिच गत महिना आदिवासी र क्वीन्सल्यान्ड सरकारबिचमा मेलमिलापलाई अघि बढाउने सन्धि सम्बन्धी कानून 'ट्रिटी बिल'लाई समेत सरकारले पारित गरेको छ।

सन्धिका लागि नवनियुक्त मन्त्री कोन्डामुकाकी महिला लियानी इनोकले टापुको नाम पुर्नप्राप्ती गर्नका लागि लामो समयदेखि प्रतीक्षारत रहेको बताइन्।

गारीसंँगै करिब १९ हेक्टर जमिन पनि बुट्चाला एबोरजिनल कर्पोरेसनलाई हस्तान्तरण गरिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now