SKIP TO MAIN CONTENT

सिड्नी: रेडियो नाटक "मेरो जरा" मार्फत दोस्रो पुस्ताका नेपाली मातृभाषामा रमाउँदै

Shabdamala drama
Source: SBS Nepali

सिड्नीको दक्षिण पश्चिममा रहेको मक्वारी फिल्ड्समा अवस्थित शब्दमाला विद्यालयका विद्यार्थीहरूले अस्ट्रेलियामा बसी आफ्नो परिवारले बोल्ने भाषा जान्न कति महत्त्वपूर्ण छ भन्ने कुरा एक रेडियो नाटक मार्फत प्रकाश पारेका छन्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

सिड्नीको दक्षिण पश्चिममा रहेको मक्वारी फिल्ड्समा अवस्थित शब्दमाला विद्यालयका विद्यार्थीहरूले अस्ट्रेलियामा बसी आफ्नो परिवारले बोल्ने भाषा जान्न कति महत्त्वपूर्ण छ भन्ने कुरा एक रेडियो नाटक मार्फत प्रकाश पारेका छन्।


अस्ट्रेलियामा बस्ने धेरै नेपाली पृष्ठभूमिका अभिभावकहरू आफ्नो सन्तानले नेपाली भाषा बोले आफू खुसी हुने बताउँछन्।

सिड्नीमा रहेको नेपाली भाषा सिकाउने एक विद्यालयका विद्यार्थीहरूले भाग लिएको रेडियो नाटकले पनि यही कुरालाई प्रकाश पारेको छ, तर घरमा बोलिने भाषाले ठुलो भूमिका खेल्ने तथ्यलाई पनि जोड दिएको छ।

सातदेखि १४ वर्षसम्मको उमेर समूहमा रहेका यी बालबालिकाहरूले हजुरबुबा, हजुरआमादेखि लिएर नाति नातिनीसम्मको भूमिका निर्वाह गरेका थिए।

दीपा शाक्य र बरदा कार्कीद्वारा संयुक्त रूपमा लिखित "मेरो जरा" नामक यस बाल नाटक गत नोभेम्बर महिनामा प्रदर्शन भएको थियो।

Sabdamala Drama
Source: Facebook

यस नाटककी एक लेखिका दीपा शाक्यले आफ्नै छोरोले नेपाली भाषा सिक्ने स्कुल जान थाले पछि आएको सुधार देखेर प्रभावित भएको बताइन्।

“नेपाल फोन गर्दा पनि अब उसले नेपालीमै कुरा गर्छ। यसबाट विद्यालयले गरेको मेहनत खेर नजाने प्रस्ट हुन्छ,” उनले एसबीएस नेपालीलाई बताइन्।

उता केटाकेटीहरू पनि नेपाली भाषामा नाटक, नाच, गीत गाउन पाउँदा साह्रै रमाउँछन्।

अहिले त शब्दमाला भित्र मात्र नभएर, समुदायको विभिन्न कार्यक्रममा भाग लिन यी बाल कलाकारहरूलाई निम्तो आउँछ र उनीहरू त्यस प्रकारका कार्यक्रममा भाग लिन उत्तिकै हौसिन्छन्।

Shabdamala drama
Source: Facebook

यस बाल-नाटकमा भाग लिने विद्यार्थीहरूको नाम यसप्रकार रहेको छ:

  • ऋतिका र कृतिका खरेल,
  • दिवाज बज्राचार्य,
  • कृषा थापा,
  • अधिराज मानन्धर,
  • आशुतोष पोखरेल,
  • नेली गुरुङ,
  • रेज श्रेष्ठ,
  • जिसन श्रेष्ठ,
  • श्रीया सापकोटा,
  • उत्सव कासीचवा,
  • कृष्मा श्रेष्ठ र
  • अक्षता पौडेल।

यस बाल-नाटकको निर्देशन दीपा शाक्यले गर्नु भएको थियो।

 नाटक सुन्न माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस् 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now