Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ठुला सहरमा कमी कामको, ग्रामीण अस्ट्रेलियामा कामदारको!

Rural Australians

Rural Australia Source: Getty Images

अस्ट्रेलियाको २० वर्ष कै इतिहासमा बेरोजगारी दर सबैभन्दा बढी भएको सकारी तथ्याङ्कहरू बाहिर आउँदै गर्दा देशका ग्रामीण क्षेत्रमा भने कामदारहरू नपाएर रोजगारदातहरू हैरानीमा छन्।


एसबीएसले प्राप्त गरेको एक तथ्याङ्कमा सहरी क्षेत्रमा रोजगारीको अवसर तिन गुणाले कमी आएको भए पनि राज्यका अन्य क्षेत्रमा भने कोभिड-१९ महामारी सुरु हुनु अघिकै झैँ रोजगारीका अवसरहरू खुलेका छन्।

तर अफसोस, कामदार नपाएका कारण रोजगारदाताहरू भने हैरानी खेपिरहेका छन्।

वेस्टर्न अस्ट्रेलियामा अन्य राज्यसँगको सीमा बन्द भएपछि पनि पर्यटकहरूको आगमनमा कमी आएको छैन।

यहाँका व्यवासायीहरुलाई एउटै कुराले सताइरहेको छ त्यो हो कामदारहरूको कमी।

ड्यानिएल हार्ट वेस्टर्न अस्ट्रेलियाको किम्बर्ली क्षेत्र अन्तर्गर पर्यटकीय क्षेत्र ब्रुममा होटेल र मदिरा पसल सञ्चालन गर्छिन्।

ब्रुम फराकिला समुन्द्री तट, ऊँटको सवारी र प्राय वर्षैभरी गर्मी हुने ठाँऊका रुपमा परिचित छ।

A still from Broome's promotional video
A still from Broome's promotional video Source: Supplied

कोरोनाभाइरसका कारण विदेश र अस्ट्रेलियाका अन्य राज्यहरूमा समेत भ्रमण गर्न निषेध भएका कारण स्थानीय पर्यटकहरूको आगमन बढेको छ र यसले व्यापारलाई बढाएको छ।

तर कामदार नपाएका कारण यसबाट जति फाइदा लिन सक्नुपर्ने हो पर्ने हो त्यो भने हुन सकेको छैन।

हार्ट भन्छिन्, "कामदारको कमी भएकै कारण हामीले आफ्नो व्यवसाय खोल्ने समयमा परिवर्तन गरेका छौ। अधिंकासले छुट्टी लिएका छैनन् र सामान्य समय भन्दा धेरै घण्टा काममा खटिएका छन्।"

अस्ट्रेलिया अधिकांस स्थानहरूमा यो प्रवृत्ति देखिएको छ।

रोजगार एजेन्सी सीकले प्रदान गरेको एक तथ्याङ्क अनुसार मुख्य सहरी क्षेत्रमा रोजगारीका लागि हुने विज्ञापनमा ३४ प्रतिशतले कमी आएको छ।

Victoria keeps economic top spot over NSW
Melbourne, Victoria Source: Flickr

भिक्टोरिया बाहेकका अन्य राज्यका क्षेत्रीय स्तरमा रहेका पर्यटकीय स्थानहरूमा रोजगारीको माग भने कोभिड सुरु हुनु अगाडीकै अवस्थामा छ।

जस्तो कि वेस्टर्न अस्ट्रेलियामा सार्वजनिक एवं ग्राहक सेवाका क्षेत्रमा कामदारहरूको विशेष माग छ।

सीकका अस्ट्रेलिया र न्यूजल्याण्डका लागि व्यापार एवम् सेवा निर्देशक स्टेफन टफ्ली भन्छन्, “विशेष गरी सहरी क्षेत्रमा अफिसमा काम गनै मानिसहरूका लागि रोजगारी चुनौती बनेको छ। ह्वाईट कलर जब भनेर चिनिने वकिल, मार्केटिङ, लेखा र मानव संसाधन जस्ता भूमिकामा चुनौती देखा परेको छ।”

हाल वेस्टर्न अस्ट्रेलियामा बेरोजगारी दर ८ दशमलव ३ प्रतिशत रहेको छ तर सरकारले रोजगारीलाई परिमार्जन गर्नका लागि वर्क एन्ड वण्डर कार्यक्रम सञ्चालन गरेको छ।

जसको उद्देश्य सहरी क्षेत्र बाहेक पनि रोजगारीको अवसर छ भन्ने सन्देश दिनु हो।

तर चेम्बर अफ कर्मश एन्ड इण्डीस्ट्रीजका आरन मोरे सामान्यतया यो कार्यक्रमले सरकारी आर्थिक सहयोग पाइरहेका मानिसहरूमा चासो ल्याउनेमा शङ्का व्यक्त गर्छन्।

विशेष गरी व्यागप्याकर र प्रशान्त क्षेत्रका कामदारहरूले धानेको क्षेत्रमा आर्थिक सहायता पाइरहेका मानिसहरू प्रवेश गर्ने कुरामा शङ्का रहन्छ।

तर ब्रुममा स्थानीय पर्यटकहरू सँग रमाइरहेकी ड्यानियल हार्टलाई कामको प्रकृति र यहाँको मौसमी सुन्दरता लोभ्याएको छ उनी भन्छन् “ मेरो लागि अरू यो भन्दा सुन्दर ठाउँ जाने कुनै इच्छा छैन म यही रहन चाहन्छु।”

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now