Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

रूखबाट पैसा फलाउँदै दुर्गम साउथ अस्ट्रेलियाका यी आदिवासी!

Two men hold bags of acacia chopped for firewood.

John Buckskin and John Bridley with bags of acacia chopped for firewood. Source: Supplied / Andrew Alderson

दुर्गम साउथ अस्ट्रेलियाका येलटा आदिवासी समुदायमा काम पाउनु एक चुनौती हो। येलटा समुदाय एडिलेडको उत्तर पश्चिम बाट १० घण्टाको दुरीमा बसोबास गर्ने यो समुदायले हजारौँ सुकेका रूखहरूबाट रोजगारी सिर्जना गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन सामुदायिक व्यवसायलाई अघि बढाउँदै छन्।


Published

By Peta Doherty

Presented by Sapana Phuyal

Source: SBS




Share this with family and friends


दुर्गम साउथ अस्ट्रेलियाका येलटा आदिवासी समुदायमा काम पाउनु एक चुनौती हो। येलटा समुदाय एडिलेडको उत्तर पश्चिम बाट १० घण्टाको दुरीमा बसोबास गर्ने यो समुदायले हजारौँ सुकेका रूखहरूबाट रोजगारी सिर्जना गरेर आर्थिक रूपमा आत्मनिर्भर हुन सामुदायिक व्यवसायलाई अघि बढाउँदै छन्।


येलटा समुदायको स्वामित्व रहेको नलारबर वेर्स्टन म्याल अकेसियाका हजारौँ रूखहरू छन्।

अनानु समुदायमा कायट भनेर चनिने अकेसिया यी रुखहरूलाई परम्परागत रूपमा घर बनाउन र लामो समयसम्म बल्ने इन्धनको रूपमा प्रयोग गरिन्छ।

यहाँका युवा पुस्ताले मरेका रुखहरूलाई फाएरउड अर्थात् दाउरा बनाउने उद्यम सुरु गरेका छन्।

अर्विन मन्गी यहाँ काम गर्ने एक कामदार हुन्।

बिहानै उठेर काठ खोज्न जान्छु, बेलुका तीनै काठहरू काटेर दाउरा बनाउँछु।
अर्विन मन्गी, कामदार

ग्रुप म्यानेजर जन बक्‌स्किन भन्छन् कि, कुनै पनि वन्यजन्तुले प्रयोग नगर्ने मरेका र सुकेका रूखहरू मात्र काटिएको छ।

येलटामा बीउ बाट अकेसिया उमार्ने परीक्षण पनि भइरहेको छ।

जन ब्रिडली सुरु देखि नै यो व्यवसायमा छन्।

अहिले उनीहरू एक महिनामा करिब १५०० दाउराका बोराहरू बेचिरहेका छन्। उनीहरूले राज्यका वरपरका पसलहरूमा लगेर दाउरा बेच्छन्।

जन ब्रिडली ले कामबाट फोर्कलिफ्ट, एक्सकाभेटर, टेलिह्यान्डलर लाइसेन्सका साथै परिवार पाल्नको लागी तलब पाउँछन्।

तर उनी भन्छन्, आफ्नो समूहको लागी दिइने पुरस्कारहरू मध्ये तलब मात्र एक पुरस्कार हो।

अपरेसन म्यानेजर जन बक्‌स्किन येलटामा हुर्किएका हुन्। उनी हालै मात्र अब आउने पुस्ताको लागी सहयोग गर्ने जोसका साथ यहाँ फर्किएका हुन्।

उनी भन्छन् कि नियमित काम र टिम भित्रको सहकार्यले उनीहरूलाई चुनौतीबाट माथि उठ्न सहयोग गरिरहेको छ।

व्यवसायबाट समुदायले गरिरहेको आम्दानी सौर्य ऊर्जामा लगानी गरिनेछ।

येलटामा ३५० मानिसहरू बस्छन्। पाँच वर्ष अघि यहाँ १९ जनाको लागी मात्र रोजगारी थियो।

यस दाउरा व्यवसायले यहाँ अरू थप २० मानिसहरूका जनाका लागी काम दिएको छ।

यहाँ थप रेन्जरको पद, आर्ट सेन्टर, र समुदायले चलाएको स्थानीय वेयर्समा पनि कामदार चाहिएको छ।

यसका अतिरिक्त केही रेन्जरहरूको लागी पनि पदहरू खाली छ। साथै एक कला केन्द्र खोलिएको छ भने समुदायको स्वामित्वमा रहेको रोड हाउसमा स्थानीय वेयर्सहरू पाइन्छ।

फाएरउड व्यवसायले बुढापाका पुस्तालाई नियमित रूपमा घरमै काठहरू उपलब्ध गराइदिँदा युवा पुस्ता पनि खुसी हुने विलियम बक्‌स्किन बताउँछन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now