SKIP TO MAIN CONTENT

नृत्य मार्फत विभिन्न सिप तथा खेतीपाती गर्ने तरिका देखाउने किराँत समुदायको साकेला नाच

Sakela_Tribal_Hat.jpg
Source: Supplied / Tribal Hat

किराँत समुदायले बर्सेनि मनाउने दुई प्रमुख पर्व उँधौली र उँभौली मध्ये उँभौली यस वर्ष मे महिनाको ५ तारिखमा परेको छ। देशभरका विभिन्न किराँत समुदायले यो दिनमा उल्लासका साथ विभिन्न किसिमका नाचगान गर्ने गर्दछन्। विविधताले भरिपूर्ण किराँत समुदायभित्र पनि राई जाति भित्र मात्र ३२ वटा भाषा बोलिन्छन्, त्यसमध्येको एक, पूर्वी नेपालमा बसोबास गर्ने खालिङ समुदायमा, साकेला नाच र आयोसा गायन प्रचलित रहेको छ। उँभौली नजिकै आउँदा काठमाण्डुको ट्राइबल हाट कार्यक्रममा सोलुखुम्बुका एक टोली साकेला र आयोसाको प्रदर्शन गर्न पुगेका थिए। यसै सन्दर्भमा खालिङ संस्कृतिका जानकार दाजु-बहिनी ६७ वर्षीय पूर्ण बहादुर खालिङ र ४९ वर्षीय सुनबरी खालिङसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Sewa Bhattarai

Source: SBS

Skip to podcast episode content

किराँत समुदायले बर्सेनि मनाउने दुई प्रमुख पर्व उँधौली र उँभौली मध्ये उँभौली यस वर्ष मे महिनाको ५ तारिखमा परेको छ। देशभरका विभिन्न किराँत समुदायले यो दिनमा उल्लासका साथ विभिन्न किसिमका नाचगान गर्ने गर्दछन्। विविधताले भरिपूर्ण किराँत समुदायभित्र पनि राई जाति भित्र मात्र ३२ वटा भाषा बोलिन्छन्, त्यसमध्येको एक, पूर्वी नेपालमा बसोबास गर्ने खालिङ समुदायमा, साकेला नाच र आयोसा गायन प्रचलित रहेको छ। उँभौली नजिकै आउँदा काठमाण्डुको ट्राइबल हाट कार्यक्रममा सोलुखुम्बुका एक टोली साकेला र आयोसाको प्रदर्शन गर्न पुगेका थिए। यसै सन्दर्भमा खालिङ संस्कृतिका जानकार दाजु-बहिनी ६७ वर्षीय पूर्ण बहादुर खालिङ र ४९ वर्षीय सुनबरी खालिङसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now