SKIP TO MAIN CONTENT

आर्थिक कुराकानी: जेन जीले अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न कसरी बचत गर्ने?

An origami house made out of Australian money sitting on grass.
How can Gen Z in Australia save for their first home? Source: Getty / Best of Melbourne Life

यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। अक्टोबर लागेसँगै लेबर सरकारको 'फर्स्ट होम ग्यारेन्टी स्किम' अन्तर्गत पाँच प्रतिशत डिपोजिट तिरेर घर खरिद गर्न सकिने योजना लागू भएको छ। पहिलो पटक घर किन्दै गरेकालाई सहयोग गर्ने उक्त सरकारी नीतिबाट नेपाली मूलका जेन जीले चाहिँ कसरी फाइदा लिन सक्छन् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग नयाँ सरकारी नीति, 'इक्विटी' निकालेर लगानी गर्दा विचार पुर्‍याउनु पर्ने कुराहरू लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। अक्टोबर लागेसँगै लेबर सरकारको 'फर्स्ट होम ग्यारेन्टी स्किम' अन्तर्गत पाँच प्रतिशत डिपोजिट तिरेर घर खरिद गर्न सकिने योजना लागू भएको छ। पहिलो पटक घर किन्दै गरेकालाई सहयोग गर्ने उक्त सरकारी नीतिबाट नेपाली मूलका जेन जीले चाहिँ कसरी फाइदा लिन सक्छन् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग नयाँ सरकारी नीति, 'इक्विटी' निकालेर लगानी गर्दा विचार पुर्‍याउनु पर्ने कुराहरू लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

यस महिनाको आर्थिक कुराकानीमा समेटिएका विषयहरुः

  • अक्टोबरदेखि लागू भएको 'फर्स्ट होम ग्यारेन्टी स्किम'बाट कसले फाइदा लिन सक्छन्?
  • के विज्ञहरूले भने जस्तै पाँच प्रतिशत डिपोजिट स्किमले घर जग्गाको भाउ बढाउला?
  • युवा वर्गले पहिलो घर खरिद गर्न पैसा कसरी बचत गर्ने?
  • के नोभेम्बरमा बस्ने रिजर्भ ब्याङ्कको बैठकले ब्याज दर घटाउला?
  • अस्ट्रेलियाका कुन-कुन स्थान लगानीकर्ताका लागि फलदायी देखिएका छन्?
  • 'इक्विटी' निकालेर लगानी गर्दा विचार पुर्‍याउनु पर्ने कुराहरू के हुन्?

के आगामी महिना प्रसारण हुने शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिना प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now