Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

१०० वर्ष देखि अस्ट्रेलियालाई सुरक्षित राखेका स्ट्याण्डर्ड्स कसरी बनाइन्छ?

AAP

AAP

कुनै पनि उद्योगका स्ट्याण्डर्ड्स वा मापदण्डहरूले अस्ट्रेलियामा बसोबास गर्ने र काम गर्ने सबैलाई प्रभाव पारेको हुन्छ। तर यो के हो र यसले कसरी काम गर्छ?


Published

By Tom Canetti

Presented by Sunita Pokharel

Source: SBS



Share this with family and friends


कुनै पनि उद्योगका स्ट्याण्डर्ड्स वा मापदण्डहरूले अस्ट्रेलियामा बसोबास गर्ने र काम गर्ने सबैलाई प्रभाव पारेको हुन्छ। तर यो के हो र यसले कसरी काम गर्छ?


अक्टोबर १३ मा स्ट्याण्डर्ड्स अस्ट्रेलियाले १०० वर्ष पुरा गरेको अवसरमा संस्थाले दैनिक जीवनलाई मजबुत बनाउने मापदण्डहरू कसरी निर्माण गरिन्छ भनेर व्याख्या गरिएको छ।

आज अस्ट्रेलियामा हजारौँ मापदण्डहरू रहेका छन् जसले जीवनको लगभग सम्पूर्ण पाटालाई समेट्ने गर्दछ। खाना देखि फ्लस गर्न मिल्ने वाइप्ससम्म र सनस्क्रिन देखि निर्माण कार्यहरूसम्म सबैको लागि बलियो आधार निर्माण गर्दछन् मापदण्डहरूले।

विगत १०० वर्षदेखि स्ट्याण्डर्ड्स अस्ट्रेलिया देशमा भएका सबैभन्दा दुखद घटनामा प्रतिक्रिया दिन देखि प्रतिष्ठित निर्माण परियोजनाहरूका काममा अग्रपङ्क्तिमा रहने गरेको छ।

र संस्थाले सुरक्षा, उत्पादकत्व र दिगो भविष्यका लागि आगामी दशक थप ४ हजार नयाँ मापदण्डहरू चाहिने प्रक्षेपण गरेको छ।

स्ट्याण्डर्ड्स अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत एड्रीयन ओ'कनेल भन्छन् अस्ट्रेलियामा मापदण्डहरू सन् १९२२ मा निर्माण गरिएको थियो।

"सामान्य रूपमा भन्नु पर्दा मापदण्डहरू दस्ताबेज हुन् जसले उत्पादन, सेवा र प्रणाली सुरक्षित, विश्वासिलो र त्यसमा एकरूपता भएको सुनिश्चित गर्ने लक्षका साथ मार्गनिर्देशनहरू निर्माण गरिएका हुन्छन्।…आज अस्ट्रेलियामा एक हजार मापदण्डहरू रहेका छन् जसले जीवनका झन्डै सम्पूर्ण पाटालाई समेट्छ, कामदार र नागरिकहरूको सुरक्षाको सुनिश्चितता र थप उत्पादकत्व र दिगो अर्थ प्रणाली भएको सुनिश्चित गर्दछ।"

ओ'कनेलका अनुसार मापदण्डहरूले जलवायु र अर्थतन्त्रमा देखिने परिवर्तनसँग अनुकूलन गर्नु पर्दछ।

"हाम्रो अनुमानमा आगामी एक दशकमा हाम्रो जीवन पद्धतिलाई सुरक्षित राख्न थप ४ हजार नयाँ मापदण्डहरू आवश्यक हुन्छन्।"

उनी भन्छन् अन्तर्राष्ट्रिय मापदण्डहरू निर्माणका निम्ति स्ट्याण्डर्डस् अस्ट्रेलियाले अन्य मापदण्डहरू बनाउने विश्वभरका संस्थाहरूसँग सहकार्य गरिरहेको छ।

करीन राइली टाकोज स्ट्याण्डर्ड्स अस्ट्रेलियाको सञ्चालन फाँटकी महाप्रबन्धक हुन्। र उनी भन्छिन् संस्थाले अस्ट्रेलियाका केही चर्चित स्मारकहरूका लागि मापदण्डहरू बनाएको छ।

Sydney’s Top Attractions in 2017.
Source: Flickr

"सामान्य अर्थमा हाम्रो जीवनमा रहेका सम्पूर्ण कुराहरूलाई मापदण्डले बलियो आधार दिएको हुन्छ, चाहे त्यो हामीले सुत्न प्रयोग गर्ने ओछ्यान होस् वा हामीले खेल्ने खेलहरू।… पहिलो मापदण्ड हार्बर ब्रिजका लागि सन् १९२२ मा बनाइएको थियो।"

एडम स्टिङ्गमोर संस्थाका सहभागिता र सञ्चार सम्बन्धी महानिर्देशक हुन्।

उनी भन्छन् धेरै अस्ट्रेलियाली नागरिकहरूले मापदण्डहरूका बारेमा सोच्दैनन्।

धेरै मापदण्डहरू कानुनी रूपमा लागु गर्ने भन्दा पनि सुझावका रूपमा प्रस्तुत गरिन्छ।

तर उनी उपभोक्ताहरूलाई आफ्नो र समुदायको भलाइका लागि अस्ट्रेलियाली मापदण्डहरू पुरा गरेका सामाग्रीहरू मात्र खरिद गर्न प्रोत्साहित गर्छन्।

"हाम्रो अपेक्षा सबै अस्ट्रेलियालीहरूले हरेक मापदण्डको विवरणहरू थाहा पाउनु पर्छ भन्ने होइन, तर मानिसहरूले कुनै नयाँ उत्पादन किन्ने वा निर्माण गर्ने बारे सोच्दै छन् भने उनीहरूले अस्ट्रेलियाको मापदण्डहरू पुरा गरेको उत्पादन लिनु पर्दछ।"

स्टिङ्गमोर भन्छन् जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तन, विशेष गरी बाढी र डढेलोको जोखिम बढेको अवस्थासँग मिल्दो किसिमको अस्ट्रेलियाली मापदण्डहरू निर्माण गरिनु पर्दछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now