Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको पानीमा कसरी सुरक्षित रहने?

MicrosoftTeams-image (25).png

Drowning prevention workshop organised in Tasmania. Credit: Ying Fang/Supplied

रोयल लाईफ सेभिङ्गसको आयोजनामा टास्मेनियाको होबार्टमा बहु सांस्कृतिक समुदाय लक्षित जल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।


Published

Updated

By Krishna Pokhrel

Source: SBS



Share this with family and friends


रोयल लाईफ सेभिङ्गसको आयोजनामा टास्मेनियाको होबार्टमा बहु सांस्कृतिक समुदाय लक्षित जल सुरक्षा सम्बन्धी कार्यशाला सम्पन्न भएको छ।


टास्मेनियाामा बस्ने बहु सांस्कृतिक समुदायका सदस्यहरूलाई जल सुरक्षा र जोखिमका विषयमा जानकारी दिनका लागि गत मार्च १४ मा एक कार्यशालाको आयोजना भएको छ।

करिब दुई दर्जन व्यक्तिले सहभागिता जनाएको कार्यक्रममा अस्ट्रेलियाका समुन्द्र, भित्री भागमा रहेका नदी एवम् पानीका स्रोतहरूमा कसरी सुरक्षित रहने भन्ने बारेमा जानकारी दिइएको रोयल लाईभ सेभिङ्गसले जानकारी गराएको छ।

रोयल लाइफ सेभिङ्गसको पछिल्लो रिर्पोटले पानीमा डुब्ने घटनामा परेका प्रत्येक चार मध्ये एक जना आप्रवासी समुदायबाट प्रतिनिधित्व गर्ने देखाएको छ।

यस्ता जनचेतना मुलुक कार्यक्रमले अस्ट्रेलियामा भर्खरै आएका वा यहाँ बसोबास गरिरहेका आप्रवासिहरुलाई सहयोग पुग्ने कार्यशालामा पुगेका टास्मेनियाको होर्बाटमा बसोबास गर्ने रचित सापकोटाले एसबीएस नेपालीसँग बताए।

करिब साढे पाँच वर्ष अघि अस्ट्रेलिया आएका रचित आफूले पनि पौडी सम्बन्धी तालिम लिइरहेको बताए।

“मलाई अस्ट्रेलिया आउनु अघि प्रोफेसनल रूपमा स्विमिङ आउँदैनथ्यो तर अहिले मैले प्रपर ट्रेनिङ लिइरहेको छु,” उनले भने।

कार्यशालामा पुगेर पानीमा सुरक्षात्मक उपायहरू, सल्लाह वा आदेशहरू, मौसम र जोखिमहरूका बारेमा विश्लेषण गर्न सिकेको रचितले बताए।

आफूले सिकेका कुरा आफ्ना समुदायमा पनि लिएर जाने उनको भनाई छ।

“प्रिभेन्टीभ मात्र नभएर पहिल्यै सिक्ने/सिकाउने, वाटर रिलेटेड र्स्पोट्सहरुमा सहभागी हुने बारेमा आफ्नो समुदाय भित्र जानकारी फैलाउने छु।”

रोयल लाइफ सेभिङ्गस अन्तर्गत कल्चरल इन्गेजमेन्ट कोअर्डिनेटरका रूपमा कार्यरत यिङ्ग फ्यानले बहु सांस्कृतिक समुदायमा जल सुरक्षा सम्बन्धी जनचेतना फैलाउनै उद्देश्यले टास्मेनियामा कार्यक्रम गरेको बताइन्।

पछिल्लो १२ महिनामा अस्ट्रेलियाभर पानीमा डुब्ने घटनाहरू ह्वात्तै बढेको बताउँदै याङ्गले विगत १० वर्ष यताकै धेरै भएको जानकारी गराइन्।

“यो निकै झस्काउने खालको तथ्याङ्क हो, यसका मुख्य दुई कारण छन्, एक त महामारीका बेला बालबालिकाहरूले पौडी कक्षा लिन पाएनन् जसले उनीहरूलाई जोखिममा राख्यो, र अर्को चाहिँ पौडी तालिम केन्द्रहरू बन्द भए र त्यहाँका कर्मचारीहरूले अर्को कुनै क्षेत्रमा काम गर्न थाले,” उनले भनिन्।

MicrosoftTeams-image (28).png
Rachit Sapkota is one of the participant of drownining workshop held in Tasmania. Credit: Rachit Sapkota/Supplied

भाषा र सांस्कृतिक अवरोध

रोयल लाइफ सेभिङ्गसकी योङ्ग, भाषिक र सांस्कृतिक अवरोधका कारण पनि आप्रवासी अस्ट्रेलियालीहरू पानीमा दुर्घटनामा पर्ने जोखिम रहने बताउँछिन्।

“जस्तो म पनि एक आप्रवासी हु, म आएको मुलुक पानीले घेरिएको छैन, मलाई पौडी खेल्न आउँदैन तर जब हामी अस्ट्रेलिया आउँछौ, यहाँका समुन्द्र र नदीहरूले हामीलाई लोभ्याउँछ,” उनले भनिन्।

“तर आवश्यक जानकारी कहाँबाट लिने भन्ने थाहा नहुँदा, हामी जोखिम समूह भित्र पर्दछौ।”

जोखिममा रहेका समुदाय लक्षित निःशुल्क पौडी कक्षाहरू पनि सञ्चालन हुने भएकाले समूह बनाएर आफ्नो संस्थालाई सम्पर्क गर्न पनि उनले सुझाव दिएकी छन्।

गर्मीको मध्यतिर आई पुग्दा आफूलाई कसरी सुरक्षित राख्ने त भन्ने प्रश्नमा याङ्ग सबैभन्दा पहिला त पौडी खेल्न नजान्ने भए छिटो भन्दा छिटो कक्षा लिन सुझाव दिन्छिन्।

“सुरक्षित रहनका लागि पानीमा एक्लै नजाने, आफ्नो क्षमताका बारेमा ख्याल गर्ने र जति सक्दो चाँडो पौडीका बारेमा ज्ञान लिनु पर्दछ।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now