शनिवार ११ अगस्टमा नइ एकेडेमी अस्ट्रेलियाद्वारा सिड्नीको ग्रान्भिलमा तीज महोत्सवको आयोजना गरिएको छ। विभिन्न विधामा समाजमा योगदान पुर्याउने तीन महिलाहरूलाई 'नइ नारी गौरवी अवार्ड-२०२३' द्वारा सम्मान गरिएकोमा शिक्षा र समाज सेवा तर्फ जमुना गुरुङ, विज्ञान र प्रविधि तर्फ योगदान पुर्याए बापत अर्चना कोइराला र कला, संस्कृति तथा सामाजिक सेवाका लागि नारी निकुञ्ज संस्थालाई सम्मानित गरिएको थियो। सांस्कृतिक प्रस्तुतिहरूका साथै तीजका गीतमा नाचगान गरेका सहभागीहरूले यस्ता महोत्सवहरूले आफ्नो संस्कृतिसँग जोडिएको अनुभूति दिने एसबीएस नेपालीलाई बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
कार्यक्रमका केही झलकहरू:
Share



