Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

थप आप्रवासीहरूलाई रिजनल क्षेत्रमा बस्न र काम गर्न पठाउनु पर्नेमा जोड

A man with his crop at a farm near Orange, NSW (AAP).jpg

अस्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा थप आप्रवासीहरूलाई पठाउन सरकार समक्ष माग गरिएको छ। विज्ञहरूका अनुसार ग्रामीण समुदायहरूमा जनसङ्ख्यामा ह्रास आएको कामदारको अभाव देखिएको हुँदा आप्रवासीहरूलाई अस्ट्रेलिया भित्राउने सङ्ख्यामा वृद्धि गरिनु पर्छ।


Published

Updated

By Sam Dover

Presented by Sunita Pokharel

Source: SBS


Share this with family and friends


अस्ट्रेलियाका ग्रामीण क्षेत्रहरूमा थप आप्रवासीहरूलाई पठाउन सरकार समक्ष माग गरिएको छ। विज्ञहरूका अनुसार ग्रामीण समुदायहरूमा जनसङ्ख्यामा ह्रास आएको कामदारको अभाव देखिएको हुँदा आप्रवासीहरूलाई अस्ट्रेलिया भित्राउने सङ्ख्यामा वृद्धि गरिनु पर्छ।


अस्ट्रेलियाका ग्रामीण समुदायहरूमा जनसङ्ख्या बढाउन देशको आप्रवासन प्रणालीमा परिवर्तनको आवश्यकतामाथि जोड दिन थालिएको छ।

गृह मामिला विभागले हाल अस्ट्रेलियाको आप्रवासन प्रणालीबारे समीक्षा गरिरहेको छ। साथै यसले विभिन्न सङ्घ संस्थाहरूबाट सुझावहरू पनि लिइरहेको छ।

सङ्घीय सरकारको जनसङ्ख्या सम्बन्धी केन्द्रको नयाँ तथ्याङ्क सार्वजनिक भए पछि केही समूहहरूले सरकारले छिटो भन्दा छिटो ग्रामीण समुदायलाई प्राथमिकतामा राख्दै यसका सामाजिक र आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्नु पर्ने आवश्यकता औँल्याएका छन्।

रिजनल अस्ट्रेलिया इन्स्टिच्युटका प्रमुख अर्थविद् किम हटन ग्रामीण क्षेत्रका केही सकारात्मक पक्षहरूलाई केलाउँछन् ।

आप्रवासीहरूलाई त्यस्ता क्षेत्रमा पठाउँदा हालको कामदार अभाव हटाउनुका साथै सांस्कृतिक सम्पन्नता हुने र जनसङ्ख्यामा देखिएको कमीलाई पनि सम्बोधन गर्ने उनको भनाइ छ।

ग्रामीण क्षेत्रमा नयाँ आउने आप्रवासीहरूको २० प्रतिशतको हिस्सालाई आगामी १० वर्षसम्ममा बढाएर ४० प्रतिशत पुर्‍याउने उद्देश्यका साथ इन्स्टिच्युटले आफ्नो सन् २०२३ को लक्षहरू 'रिजनलाइजेसन २०२३ एम्बिसन' सार्वजनिक गरेको छ।

हटन त्यस्ता स्किमहरूले समुदाय र स्वयम् आप्रवासीलाई यो प्रक्रियामा के कस्ता कुराहरू रहेका छन् भन्नेबारे पूर्ण जानकारी रहेको सुनिश्चित गर्नु पर्छ।

"त्यस्ता साना स्थानहरूमा जाने आप्रवासीहरूले उनीहरू किन त्यहाँ छन् भन्ने थाहा पाउनु पर्छ। … त्यस्तै स्थानीय समुदायको हकमा।।।यसले केही सांस्कृतिक परिवर्तन ल्याउन सक्छ भन्ने कुराको पहिचान गर्न सक्नु पर्छ जसले गर्दा दुवै पक्षलाई ती परिवर्तनहरूले फाइदा पुर्‍याओस्।"

पछिल्लो जनगणनाको तथ्याङ्कले पनि देखाएको छ कि आप्रवासीहरूले ग्रामीण समुदायमा देखिएको जनसङ्ख्या घट्ने क्रमलाई रोक्दछन्। र तथ्याङ्कका अनुसार १०३ ग्रामीण स्थानीय सरकार क्षेत्रहरूमा अस्ट्रेलियाली जनसङ्ख्या घटेको छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलियाका उपाध्यक्ष कन्स्टेन्टाइन प्याक्सिनोस ग्रामीण आर्थिक केन्द्रहरूको प्रवर्धन र दिगोपनका लागि आप्रवासीहरू महत्त्वपूर्ण रहेको बताउँछन्।

प्याक्सिनोसले हालको आप्रवासन नीतिले नयाँ आउँदै गरेका आप्रवासीहरूका लागि ग्रामीण क्षेत्र भन्दा प्रमुख सहरी क्षेत्रलाई प्राथमिकतामा राखेको पाएका छन्।

"वास्तवमा सिड्नी, मेलबर्न वा ब्रिसबेनका लागि भिसा पाउन सजिलो छ, टूवूम्बा वा साउथ अस्ट्रेलिया वा यी तीन सहर बाहेकका स्थानहरूमा भन्दा।"

पछिल्लो तथ्याङ्कले सन् २०२२ को अन्त्यतिर अस्ट्रेलियामा अहिले सम्मकै ठुलो सङ्ख्यामा ९६ हजार जागिरका अवसरहरू रहेको देखाएको छ।

मार्क ग्लेजब्रूक साउथ अस्ट्रेलियामा रहेको संस्था माइग्रेसन सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत हुन्।

र उनी भन्छन्, "मानौँ १० हजार मानिसहरू साउथ अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा सर्छन् र स्थानीयहरूले हाल नगरेको कामहरू गर्छन्, यसो गर्दा १६ हजार २ सय नयाँ कामका अवसरहरू थपिन्छ। तर यो ठ्याक्कै उल्टो हुन्छ जब १० हजार मानिसले ग्रामीण क्षेत्र छोडेर सहर तर्फ जान्छन्।"

ग्लेजब्रूकका अनुसार जनसङ्ख्यामा देखिएको कमीलाई सम्बोधन गरिएन भने ग्रामीण उद्योगहरूको भविष्य दिगो देखिँदैन।

"खालि रहेका स्थानहरू भर्नका लागि हामीलाई पर्याप्त मानिसहरू चाहिन्छ। र त्यसका लागि या त प्राकृतिक रूपमा जनसङ्ख्या बढाउनु पर्‍यो वा स्थानीय तहमा तालिम प्रदान गर्नु पर्‍यो। तर जब हामीले स्थानीय कामदारहरूबाट त्यो माग पुरा गर्न सक्दैनौँ कि हामीले विदेशबाट आएका सिपयुक्त मानिसहरूलाई ल्याउनु पर्‍यो जसले यहाँ ल्याएपछि यहीँ बस्ने र काम गर्ने प्रतिबद्धता व्यक्त गरोस्।"

गृह मामिला विभागले आप्रवासन प्रणालीलाई समीक्षा गर्ने कार्य गरिरहँदा धेरैले भने भविष्यको नीतिले ग्रामीण समुदायहरूमा देखिने सम्भावित जोखिमहरूलाई पनि सम्बोधन गर्नेमा आसा राखेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now