काठमान्डू उपत्यकामा अनुमानित २०० देखि ३०० वटा दाफा खल: भनिने परम्परागत साङ्गीतिक समूहहरू रहेका छन्, जसमा महर्जन र मानन्धर जातिका मानिसले सयौँ वर्ष पुराना भजन गाउने गर्दछन्। पछिल्लो समयसम्म पनि यी समूहहरूमा पुरुष मात्र हुने गर्दथे भने केही वर्ष अघिदेखि केही महिलाले प्रवेश गर्न थालेका छन्। तिनै मध्ये एउटा हो कीर्तिपुरको बालकुमारी दाफा खल:, जहाँ करिब २० वर्ष अघि एउटी महिलाले गाउन र बजाउन सिकिन्, र आज थुप्रै महिलाले दाफा गाउने र खिँ बजाउने गर्दछन्। दाफा खलःहरूमा महिलाको प्रवेश र यो परिवर्तनको प्रभावका बारेमा बालकुमारी दाफा खलःका सदस्य रूपेन्द्र महर्जन र उनकी भाउजू देवलक्ष्मी महर्जनसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

