सन् २०३४ को पुरुष तर्फको फुटबल विश्वकप साउदी अरेबियामा आयोजना गर्ने अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाको घोषणालाई लिएर विश्वभरबाट मिश्रित प्रतिक्रियाहरू आएका छन्। केहीले यसलाई स्वागत गरेका छन् भने मानव अधिकार सम्बन्धी सङ्घ संस्थाहरूले विरोध जनाएका छन्। यो विषयमा अस्ट्रेलियाको नेपाली समुदायमा फुटबलमा सक्रिय रहेका सदस्यहरू तथा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ताहरू स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





