नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो पटक एसिया कप खेल्दै छ। एसियाली मुलुकहरू बिचको यो क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्काले समयुक्त रूपमा आयोजना गर्दै छन्। अगस्ट ३० बाट सुरु हुन गइरहेको उक्त प्रतियोगितामा नेपाल दुई ठुला राष्ट्र भारत र पाकिस्तानसँग एकै समूहमा छ। नेपालले प्रतियोगिताको सुरुवात ३० अगस्टमा पाकिस्तानसँगको महत्त्वपूर्ण खेलबाट गर्दै छ। यस्तो प्रतिष्ठित प्रतियोगितामा नेपाली टोलीलाई २० वर्षे युवा कप्तान रोहित पौडेलले सम्हाल्दै छन्। उनकै कप्तानीमा नेपालले एसिया कपमा प्रवेश पाएको हो। एसिया कपका लागि तयारी गरिरहेका कप्तान पौडेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





