SKIP TO MAIN CONTENT

एन्ज्याक डेमा सहभागी पूर्व सैनिक भन्छन् “अनुशासन र समयको महत्त्व भावी पुस्तालाई सिकाउनुपर्छ”

Image 8.jpeg
The Brigade of Gurkhas, Participating at Anzac Day parade Credit: Krishna Pokhrel/SBS Nepali

एन्ज्याक डेको अवसरमा सिड्नी र मेलबर्नमा भएका परेडमा नेपाली मूलका पूर्व एवम् वर्तमान सेनाका सदस्यहरूले उपस्थिति जनाएका छन्।


Published

Updated

By Krishna Pokhrel, Allan Lee

Source: SBS


Skip to podcast episode content

एन्ज्याक डेको अवसरमा सिड्नी र मेलबर्नमा भएका परेडमा नेपाली मूलका पूर्व एवम् वर्तमान सेनाका सदस्यहरूले उपस्थिति जनाएका छन्।


पहिलो विश्वयुद्धताका ग्यालिपोलिमा लडेका अस्ट्रेलियन एन्ड न्यु जिल्यान्ड आर्मी कोर्प्स 'एन्ज्याक'का सदस्यहरूको सम्झनामा हरेक वर्ष अप्रिल २५ मा यो दिवस मनाइने गरिन्छ।

ग्यालिपोलिमा सेनाको टुकडी पुगेको १०८ औँ वर्ष उत्सवका रूपमा विभिन्न राज्यमा आयोजना भएका डन सर्भिसमा हजारौँ मानिसहरू सहभागी बनेका थिए।

क्यानबेरामा वार मेमोरीयलमा आयोजित डन सर्भिसमा प्रधानमन्त्री एन्थोनि एल्बनीजिले अस्ट्रेलियामा सेवा दिएका सम्पूर्ण सैनिक प्रति सम्मान प्रकट गरे।

“आज देशैभर एक स्वतन्त्र राष्ट्र र स्वतन्त्र नागरिकको हैसियतमा शान्ति पूर्वक भेला भएका छन्,” प्रधानमन्त्रीले भने।

Image 1.jpeg
Anzac Day Parade, Sydney Credit: Krishna Pokhrel/SBS Nepali

यसैबिच सिड्नी र मेलबर्नमा आयोजित एन्ज्याक डे परेडमा अस्ट्रेलिया लगायतका विभिन्न मुलुकमा सेवा गरेका नेपाली मूलका पूर्व एवम् वर्तमान सेनाका सदस्यहरूको उपस्थिति रहेको थियो।

सिड्नीको हन्टर स्ट्रिटबाट सुरु भएको परेडमा 'दि ब्रिगेड अफ गुर्खाज' अन्तर्गत करिब पाँच दर्जन नेपाली भाषीहरू सहभागी रहेका थिए।

बेलायत, सिंगापुर, नेपाली सेना लगायतमा सेवा दिएका सेनाका पूर्व सदस्यहरू परेडमा सहभागी बने।

मलाया सेनामा १८ वर्ष सेवा गरेका ८५ बर्सिया खड्क बहादुर लिम्बुले युद्धका बेलाका धेरै सम्झनाहरू हराइसकेको भए पनि दोस्रो विश्वयुद्धता आफ्ना साथीहरू गोली लागेर भन्दा पनि सडकमा बिछ्याइका बारुदका कारण मारिएको बताए।

“हाम्रो मान्छेहरूले सडकमा के दुख पायो भने, गोली लागेर मान्छे मरेन, हाम्रो फौज, ब्रिटिस फौज माइनमा परेर धेरै मरियो,” उनले सम्झना गरे।

Image 3.jpeg
Ex-army Khadka Bdr Limbu was one of the participant at Anzac Day Parade Credit: Krishna Pokhrel/SBS Nepali

यता आफ्नो सिंगापुरे लाहुरेबाट अवकाश पाएर अस्ट्रेलिया बसाई परेका भोगत लिम्बुले आफू सेनामा काम गर्ने तेस्रो पुस्ता भएको एसबीएस नेपालीलाई बताए।

आफ्ना बाजेले दोस्रो विश्वयुद्ध र बाबुले ५०/६० को दशकमा मलेसिया र ब्रुनाई को लडाइ लडेको उनको भनाई थियो।

“हाम्रा पुर्खाले विभिन्न युद्धहरूमा सामेल भएर गोर्खाको नाममा सगरमाथाको टुप्पोमा पुराएका छन्, अब हामीले यसलाई मेन्टेन गरिराख्नु पर्छ,“ उनले भने।

आगामी पुस्तालाई पनि इतिहास र गुर्खाहरुको गौरवका बारेमा सिकाउनु जरुरी रहेको उनले बताए।

Image 11.jpeg
Kalyani Bartaula with Rukmani Dewan at Anzac day Parade.

यता नेपाली सेनामा १० वर्ष सेवा गरेर हाल अस्ट्रेलिया बसाई सरेकी कल्याणी बर्तौलाले सेनाले आफूलाई अनुशासन र समयको महत्त्व सिकाएको बताइन्।

सेनामा सिकेका ती कुरा जुनसुकै पेसामा काम लाग्ने भएकाले भावी पुस्तालाई पनि सिकाउनु जरुरी रहेको उनको भनाई थियो।

“हामीले हाम्रा बच्चाहरूलाई समय र अनुशासनका बारेमा सिकाउन फोकस गरेका छौ,” उनले भनिन्।

हन्टर स्ट्रिटबाट सुरु भएको परेड वार मेमोरियलमा गएर समापन भएको थियो।

सन् १९१५ मा पहिलो विश्वयुद्धमा ग्यालिपोलीमा लडेका न्यु जिल्यान्ड र अस्ट्रेलियाली सेनाको सम्मानमा एन्ज्याक डे मनाइने भएपछि पछिल्लो समय भने सैन्य सेवामा लडेका एवम् ज्यान गुमाएका सबै अस्ट्रेलियालीहरूको सम्मान गर्ने दिनका रूपमा लिइन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now