आउँदो संघीय बजेटबाट साना व्यवसायहरूलाई मद्दत हुने आशा

Australian dollar notes in a plant pot. Australian unemployment rate is expected to reach over 10% amid Covid-19 crisis.

Bu akşam açıklanacak bütçenin 220 milyar dolar açık vermesi bekleniyor. Source: AAP Image/Florent Rols / SOPA Images/Sipa USA

आउदो मंगलबार पारित गरिने संघीय बजेटबाट साना व्यवसायहरूलाई केहि आर्थिक सहयोग मिल्ने बताइएको छ। अब लागु गरिने केही नयाँ नियमहरूले १५ लाख अस्ट्रेलियालीहरूलाई फाइदा पुर्‍याउने, र व्यवसायीहरूलाई आधिकारिक कामहरू गर्न सहज हुने अपेक्षा गरिएको छ।


आफू १२ वर्षको छँदा आफू बस्ने वेस्टर्न अस्ट्रेलियाको रकिङ्गह्याम सहरमा पहिलो पटक सर्कस रोयाल देख्दा अचम्म परेको अनुभव डामियन साइरेद अझै पनि याद गर्छन्। ठुलो भए पछि आफू पनि त्यस्तै सर्कसमा काम गर्ने उनको इच्छा थियो।

र १३ वर्ष पछि, उनी अहिले त्यही सर्कसका मालिक एवम् रिङ्गमास्टर हुन्।

Damian Syred’s dream of running away with the circus had come true.Then the COVID-19 pandemic.
Damian Syred’s travelling circus plans are currently on hold. Source: SBS News

उनको सर्कसले अहिलेसम्म प्रत्येक वर्ष ४८ हप्ताको अवधिमा लगभग पचास सहरहरूमा प्रदर्शन गर्दै आएको थियो। तर कोभिड-१९ को महामारीका कारण काम ठप्प भएको उनी बत्ताउँछन्।

मार्चमा देशव्यापी प्रतिबन्धहरू लागु भए लगत्तै उनले रातारात २ वटा सहरहरूमा ५२ वटा कार्यक्रमहरू रद्द गर्नु परेको थियो। र पछिल्लो ६ महिनादेखि सीमा प्रतिबन्धका कारण अहिलेसम्म यी सर्कस टोली भिक्टोरियामै फसेका छन्।

साइरेदले प्रत्येक हप्ता कोठा भाडा, गाडी दर्ता आदिका खर्च उठाउन आफ्नै खल्तीबाट करिब १०,००० अस्ट्रेलियाली डलर खर्च गर्ने गरेका छन्।

उनीसँग काम गर्ने विदेशी नागरिकहरूले भिसाका सर्तहरूका कारण सरकारका विभिन्न आर्थिक सहायो योजनाहरूबाट सहयोग पनि पाउँदैनन्।

तर, साइरेद र उनका सहकर्मीहरू मिलेर अहिले एउटा गो फन्ड मी (GoFundMe) पेजको माध्यमबाट १०,००० डलरभन्दा बढी रकम जम्मा पार्न सफल भएका छन्।

यस्ता सामाजिक सञ्जालहरूको माध्यमबाट क्राउडफन्डिंग गरी पैसा जम्मा पार्ने व्यवसाय सर्कस रोयाल मात्र हैन।

गो फन्ड मी वेबसाइटबाट पछिल्लो समयमा देशभरका साना व्यवसायमा समर्थनमा १५ लाख अस्ट्रेलियाली डलर भन्दा बढी जम्मा भइसकेको, र आधा भन्दा बढी त भिक्टोरियामा भएको गो फन्ड मीकी निकोला ब्रिटन बताउँछिन्।

मङ्गलवार ६ अक्टोबरमा सार्वजनिक गरिने संघीय बजेटमा गरिने कर कटौतीले अस्ट्रेलिया भर हजारौँ व्यापारहरूलाई सहज हुने बताइएको छ।

हालै गरिएको एक नयाँ सर्वेक्षणमा धेरै व्यवसायीहरूले कर कटौती भएमा आफूलाई सजिलो हुने बताएका छन्।

2020-2021 Budget Papers, NACa Feature, Budget, Economy,
The 2020-2021 Budget Papers are seen at a printing facility prior to being delivered to Parliament House in Canberra, Sunday, October 4, 2020 Source: AAP

जीरो (Xero) नामक सफ्टवेयर कम्पनीले गरेको उक्त सर्वेक्षणले २२ प्रतिशत साना व्यवसायहरूले अनुसन्धान र विकासका कार्यहरूका लागि कर प्रोत्साहन चाहेको देखाएको छ।

पाँच मध्य एक जनाले भने रेड टेपमा कमी ल्याउन र आधिकारिक कामहरू गर्न सहज हुनु पर्ने माग गरेका छन्। त्यस्तै, २९ प्रतिशतले भने नयाँ व्यापार सुरु गर्न प्रोत्साहन गर्ने किसिमका नियमहरू लागु गरिने आशा गरेको छन्।

साना व्यापारहरूको सहयोगका लागि समर्थन प्याकेजहरू दिइन सक्ने र पूर्ण रूपले डिजिटल माध्यमबाट कार्य सञ्चालन गर्न सहज वातावरण बनाइने अनुमान जीरोका व्यवसाय अधिवक्ता एंगस केपलले गरे। साना व्यवसाय संगठन अस्ट्रेलियाका पिटर स्ट्रंगले सरकारबाट वर्तमान आवश्यकता अनुसारको सहयोग पाउने अपेक्षा रहेको बताए।

 

 

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now