Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अमेरिका: एसियाली पृष्ठभूमिका मानिसहरू माथि हिंसा र दुर्व्यवहारमा झन्डै १५० प्रतिशतले वृद्धि

Harris is the first woman of South Asian heritage to be elected to the US Senate.

Harris is the first woman of South Asian heritage to be elected to the US Senate. Source: AP

अमेरिकी सहर जोर्जियामा एसियाली पृष्ठभूमिका ६ महिलाका साथै कुल ८ जनाको मृत्यु हुने गरी गत हप्ता भएको एक घातक हमला पछि, संयुक्त राज्यमा एसियाली पृष्ठभूमिका मानिसहरू प्रति पछिल्ला समयमा बढ्दै गएका हिंसा र दुर्व्यवहारका घटनाहरूलाई रोक्न थप पहल हुनुपर्ने माग बढेका छन्।


Published

Updated

Source: SBS




Share this with family and friends


अमेरिकी सहर जोर्जियामा एसियाली पृष्ठभूमिका ६ महिलाका साथै कुल ८ जनाको मृत्यु हुने गरी गत हप्ता भएको एक घातक हमला पछि, संयुक्त राज्यमा एसियाली पृष्ठभूमिका मानिसहरू प्रति पछिल्ला समयमा बढ्दै गएका हिंसा र दुर्व्यवहारका घटनाहरूलाई रोक्न थप पहल हुनुपर्ने माग बढेका छन्।


कोरोनाभाइरस महामारीका साथ, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतका केही प्रभावशाली व्यक्तिहरूले कोरोनाभाइरसलाई "चाइना भाइरस" भन्न थाल्नु र चीन सरकारका कामलाई आम एसियाली पृष्ठभूमिका मानिसहरूसँग जोडिनुले पनि हिंसा र दुर्व्यवहारका घटनाहरू बढी रहेको बताइएको छ।

उक्त हिंसाको उदाहरणका रूपमा गत हप्ता एटलान्टा राज्यको जोर्जिया सहर स्थित ३ स्पाहरूमा एक २१ वर्षीय पुरुषद्वारा गरिएको कथित हमला पनि रहेको भनी केहीले दाबी गरेका छन्।

अमेरिकी राज्य टेक्ससकी डेमोक्र्याटिक पार्टी सभासद् शिला ज्याक्सन लीले एक कथित हिंसाबाट पीडित भएका एक पुरुषको तस्बिर देखाउँदै, एसियाली अमेरिकीहरू माथि केही समय यता बढ्दै गएका जातिभेद हमलाको उक्त पुरुष पनि एक उदाहरण रहेको संसदीय समिति समक्ष बताइन।

एटलान्टा घटना भन्दा अगाडी नै हुने भनी निर्णय भएको उक्त संसदीय समिति सुनवाइमा, आठ जनाको मृत्यु भएको पछिल्लो घटनाले वक्ताहरूको भनाइलाई झनै महत्त्व साथ हेरिएको बताइएको छ।

विपक्षी रिपब्लिकन पार्टीका प्रतिनिधि चिप रोइले उक्त सुनवाइले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र चीनको मानव अधिकार र आक्रामक विदेश मामिला नीतिको आलोचना गर्न मानिसहरूलाई निरुत्साहित गर्ने बताए।

तर, रोइको उक्त भनाइको आलोचना गर्दै न्यु योर्ककी डेमोक्र्याट सभासद् - ग्रेस मेङ्गले चाहिँ रोइ लगायतका मानिसहरूले आफूहरूको आवाज कुण्ठित पार्ने प्रयास गरेको आरोप लगाउँदै अरू देशसँगको आलोचना गर्दा एसियाली अमेरिकीहरू प्रति लक्षित गर्न नहुनेमा जोड दिइन।

सन् २०२० मा अमेरिकाका १६ प्रमुख सहरहरूमा एसियाली अमेरिकीहरू माथिको जाति भेदी हिंसा १४९ प्रतिशत ले बढेको घृणा र चरम पन्थी सम्बन्धी एक अध्ययन केन्द्रद्वारा बताइएको छ।

र, एटलान्टा घटना प्रति शोक व्यक्त गर्न भेला भएकाहरू मध्ये अफ्रिकी अमेरिकी अधिकारका लागि अभियन्ता रहेका एल शार्प्टनले पनि अफ्रिकी अमेरिकी पृष्ठभूमिका मानिसहरूले पनि सक्रिय रूपमा घृणाको विरोध गर्नुपर्ने बताए।

न्यु योर्क सहरमा आयोजना भएको एक सभालाई सम्बोधन गर्दै उनले, एसियाली पृष्ठभूमिका मानिसहरू विरुद्ध हुने हिंसाको हामी सबैले निन्दा गर्नु जरुरी रहेको बताए।

अमेरिकी एसियाली महासङ्घकी जो आन यूले स्थानीय सञ्चार माध्यमहरूमा एक्काइस वर्षीय कथित एटलान्टा हमलावरलाई प्रस्तुत गरिएका उदाहरणहरूको पनि आलोचना गरेका छन्।

समाचारहरूमा कथित हमलावरलाई एक धार्मिक पुरुष र एक पुजारीका छोरा भनी प्रस्तुत गर्दै, श्वेत जातीका मानिसहरूद्वारा गरिएका हमलाबारे फरक धारमा समाचारहरू प्रस्तुत हुँदै आएको उनले बताइन।

साथै अल्पसङ्ख्यक समुदायहरूका लागि सहायक योजनाहरूको कमी जस्ता समस्याहरूले पनि जातिवादको उदाहरण दिने यूको भनाइ छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now