SKIP TO MAIN CONTENT

कोभिड–१९ प्रभाव: स्वास्थ्य मापदण्डहरूका साथ बिस्तार खुल्दै धार्मीकस्थल

Hindu temple in Kemps Creek, Sydney.
Hindu temple in Kemps Creek, Sydney. Source: Penrith City Council

कोभिड–१९ संक्रमणदर उच्च रहँदा बन्द रहेका कतिपय धार्मिकस्थलहरु अब भने बिस्तारै खुल्दै गएका छन् ।


Published

Updated

Presented by SBS Nepali

Source: SBS, SBS



Skip to podcast episode content

कोभिड–१९ संक्रमणदर उच्च रहँदा बन्द रहेका कतिपय धार्मिकस्थलहरु अब भने बिस्तारै खुल्दै गएका छन् ।


लीला गुने आफुमा अरु भन्दा उर्जा बढी रहेको मान्छिन। 

सिड्नीको श्री मन्दिरमा विगत ४० वर्ष देखि स्वयंसेवा गरिरहेकी उनलाई महामारीमा समय कटाउन निकै कठिन भयो । तर सिड्नीमा प्रतिबन्धहरू खुला भएपछि भने मन्दिरमा पुन: सुचारु भएको छ ।

तर पहिले जस्तै सबै सेवाहरू भने सुचारु भइसकेका छैनन् ।

Leela Gune
Leela Gune Source: SBS

“मन्दिरमा बसेर मानिसहरूले पहिले जस्तै कीर्तन सुन्न सक्दैनन् उनी सुनेर तुरुन्तै जानु पर्ने हुन्छ । ” उनि भन्छिन।

कोभिड–१९ को गति उच्च रहँदा मन्दिरका सेवाहरू अनलाइन पद्धतिबाट सुरु भए । र अन्य राज्य र टेरीटरीमा पनि यही नियम लागु भयो ।

तर हाल प्रतिबन्धहरू खुकुला भएका छन् तर पनि मानिसहरूका बिचमा दुरी र पूजा आजाका लागि मानिसहरुको संख्यामा सीमा भने तोकिएको छ ।

गुने कैयन वयस्क आप्रवासीहरू जो मन्दिरमा पूजापाठका लागि आउँछन् तिनीहरूका लागि हजुरआमाको तस्बिर बनेकी छन् ।

सौरब खार्नर महामारीको बेला भएको एउटा जागिर पनि गुमाउन पुगे ।

उनी आफ्नो सम्पूर्ण परिवार भारतमा हुँदा त्यहाँ जाने मौका पनि पाएनन् । उनी जब समस्यामा थिए उनलाई मन्दिरले धेरै सहयोग ग¥यो ।

पछिल्लो पटक मन्दिर पुग्दा भने उनले गुनेको गाली खानु प¥यो । हाफ प्यान्ट र टी–सर्टमा पुगेका उनलाई गुनेले पहिरनको विषयमा गाली गरिन ।

“हाम्रो संस्कृतिमा मन्दिरमा कस्तो कपडा लगाएर जान्छौ त्यसमा केही फरक पदैन्, सफा मन लिएर भने अवश्य जानुपर्छ,तर लिलाले मलाई हाफ प्यान्ट लगाएर आएकोमा गाली गरिन, मैले अर्को पटक आउँदा राम्रो पहिरन लगाएर आउछु ” उनले हाँस्दै भने ।

हालै मात्र मन्दिरमा हिन्दुहरूको पर्व दिवाली मनाइएको छ । तर यसपालिको दिवाली अघिल्ला वर्षहरू झैँ भएन ।

यो वर्ष अन्य धर्मावलम्बिहरुका लागि पनि अवस्था उस्तै रहयो ।

सिड्नीको दक्षिण पश्चिमी क्षेत्र लेकेम्बामा रहेको इस्लाम धर्मावलीहरुको सबैभन्दा ठुलो मस्जिदमा रमादानको अवसरमा लाउडस्पिकर मार्फत प्रार्थना बजाइयो ।

यो नै धेरै भन्दा धेरै मानिसहरूलाई एक साथ ल्याउने एक मात्र तरिका बन्यो ।

एहमद अब्दुल्लाहका लागि अघिल्ला वर्षको रमादान निकै व्यस्तताका साथ बित्ने गर्दथ्यो तर यस पटक भने महामारीका कारण गुपचुप रूपमा परिवार सँग मनाए ।

Uniting church on Pitt street in Sydney
Uniting church on Pitt street in Sydney Source: Wikimedia

र प्रविधिले यस पटक धेरै धार्मिक पूजा एवम् अनुष्ठानहरूमा महत्त्वपूर्ण भूमिका खेल्यो । लाइभ स्ट्रिमिङ सेवाका कारण धेरैलाई घरमै बसेर धार्मिक सेवाहरूमा सरिक हुने अवसर पाए ।

चर्चले महामारीको लामो समय यसै गरी प्रविधिको उपभोग गरी सेवा दिँदै आएको थियो ।

हाल प्रतिबन्ध खुकुलो भएपछि भने प्रत्यक्ष रूपमा त्यहाँ जान मिल्ने व्यवस्था मिलाइएको छ ।

महामारीको समयमा अनलाइन मार्फत सेवा दिन बाध्य पारिएपछि चर्चले नयाँ कुरा सिकेको छ ।

रेभिरेन्द केरिन बुर्चेल–थोमस दम्पती धार्मिक कार्यक्रममा ल्याइएको यो नयाँ प्रयोग आफूहरूले भने छिट्टै अवलम्बन गरेको बताउँछन् ।

तर सबै मानिस प्रविधिको यो उपाय स्विकार्न नसक्ने धारणा पनि राख्छन् ।

यता मेलर्वनमा जहाँ सबैभन्दा धेरै समय मानिसहरू लकडाउनमा बस्न बाध्य भए अहिले भने बिस्तारै सामान्य तर्फ फर्कदैछन् ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् - न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्ल्यिाण्ड, वेस्र्टन अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now