Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

टास्मेनियाको महँगो घर-भाडाका कारण नेपालीहरु पनि समस्यामा

Bikram Gurung

Nepal born Bikram Gurung spoke to SBS about rental crisis in Hobart, Tasmania Source: SBS/ Sarah Maunder

होबार्टमा गए एक वर्षमा घर-भाडा खर्च ९ देखि १५ प्रतिशत सम्म बढ्दा मेलबर्न बाट सरेका बिक्रम गुरुङ आफ्ना गर्भवती श्रीमती र एक सन्तान सहित दुई अन्य साथिहरुसंग एउटै घरमा बसिरहेका छन्।


Published

Updated

By Sarah Maunder, SBS Nepali

Source: SBS




Share this with family and friends


होबार्टमा गए एक वर्षमा घर-भाडा खर्च ९ देखि १५ प्रतिशत सम्म बढ्दा मेलबर्न बाट सरेका बिक्रम गुरुङ आफ्ना गर्भवती श्रीमती र एक सन्तान सहित दुई अन्य साथिहरुसंग एउटै घरमा बसिरहेका छन्।


साढे तीन वर्ष अगाडी नेपालबाट मेलबर्न आएका बिक्रम गुरुङलाई आफ्नो ४५८ भिसा अन्तर्गतको शर्तका कारण देशको कुनै ग्रामिण स्थानमा सर्नुपर्ने अवस्था आएपछि उनले टास्मेनियाको होबार्ट सहरलाई रोजे।

तर होबार्टमा भाडामा घर लिन मेलबर्नको भन्दा झन्डै दोब्बर पैसा तिर्नपर्ने बारे आफुले अनुमान पनि नगरेको गुरुङ बताउँछन्।

आफ्नो परिवारसंग बस्ने ठाउँको खोजि गर्दा भाडा खर्चबारे सुनेर आफु झसंग भएको उनको भनाइ छ।

राज्यमा घर भाडामा लिएर बस्नेहरुको हक अधिकारका लागि वकालत गर्ने संस्था टेनेन्ट्स युनियन अफ टास्मेनियामा कार्यरत रहेका बेन बार्टिलका अनुसार सहायताका लागि उनको संस्थामा आउने मानिसहरु मध्ये झन्डै २० प्रतिशत संख्या विदेशमा जन्म भएकाहरुको रहेको छ।

The city of Hobart lies in the foothills of kunanyi/Mount Wellington
The city of Hobart lies in the foothills of kunanyi/Mount Wellington. Source: SBS News/Sarah Maunder

साथै, उनीहरु मध्ये धेरै बस्ने घरहरु नराम्रो अवस्थामा रहेता पनि अन्य सस्तो विकल्पको कमीका कारण उनीहरु जिर्ण अवस्थामा रहेका घरमा बस्न बाध्य भएको पेशाले वकिल रहेका बार्टिल बताउँछन्।

राज्यको बिपक्षी दल लेबर पार्टीका अनुसार हाल ४ हजार भन्दा बढी मानिसहरु सरकारद्वारा भाडा सहुलियत प्रदान गरिने आवास स्थानको प्रतिक्षामा रहेका छन्।

राज्यको लिबरल सरकारले चाहिं सस्तो र सामाजिक आवासका लागि ६१ करोड ५० लाख डलर लगानी गरेको जोड दिएको छ।

तर अभियन्ता समूहहरुले चाहिं अस्ट्रेलिया भर नै उपलब्ध आवासको कमीलाई अन्त्य गर्न संघीय र राज्य सरकार दुबैले थप पहल गर्न जरुरी रहेको बताउँदै आएका छन्।

त्यस्तै भनाइ मिशन अस्ट्रेलिया नामक च्यारिटीमा टास्मानियाका लागि आवास सम्बन्धि प्रबन्धक साइमन डफीको पनि रहेको छ।

उनले चाहिं सस्तो घरहरुको कमीलाई समाधान गर्न थप भवनहरु बनाइन जरुरी भएको बताएका छन्।

बेन बार्टिल ले पनि साइमन डफीको भनाइ प्रति समर्थन जनाउदै नयाँ भवन निर्माण गर्न धेरै जरुरी भएको बताउँछन्।

बिक्रम गुरुङ हाल आफ्नो गर्भवती श्रीमती र एक शिशु सहित आफ्ना दुई अन्य साथीहरुसंग एउटै घरमा भाँडामा बसिरहेका छन्।

महँगो घर-भाडा र आफ्नो नयाँ शिशुको जन्म पछि चाहिने सहयोगका कारण पनि आफु साथीहरुसंग मिलेर बस्न बाध्य भएको गुरुङको भनाइ छ।

रिपोर्ट सुन्नुहोस्: टास्मेनियाको महँगो घर-भाडाका कारण नेपालीहरु पनि समस्यामा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Hobart City
Hobart City Source: sbs nepali

गुरुङको अवस्था प्रति मिशन अस्ट्रेलियाका साइमन डफीलाई चाहिं अचम्म लागेको छैन।

उनी भन्छन शरणार्थीको रूपमा टास्मानिया आएका धेरै मानिसहरु पनि बहाल तिरेर घर लिंदा ठुलो समस्याको सामना गर्दछन्।

पुनर्बास सहायक संस्थाहरुद्वारा नयाँ शरणार्थीहरुलाई निजी बासस्थानको व्यवस्था गर्ने भएकोले जब उनीहरुले आफ्नो लागि भाँडामा लिन घर खोज्ने बेला आउँछ त्यतिबेला भाषा लगायतका चुनौतीहरुले परिस्थितिलाई झनै गाह्रो बनाउने डफी बताउछन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now