अस्ट्रेलियामा काम गरिरहेका नेपाली पत्रकारहरूको सङ्गठन अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) ले २२ फेब्रुअरी २०२५ मा क्यान्बरामा आफ्नो नयाँ नेतृत्व छान्ने तयारी गरिरहेको छ। गत नोभेम्बरमा नै तेस्रो साधारण सभा आयोजना गर्नुपर्ने एन्जाले, कानूनी रूपमा तीन महिने म्याद सकिनै लाग्दा आउँदो सप्ताहान्त देशको राजधानी क्यान्बरामा नेतृत्व हस्तान्तरण गर्न लागेको हो। सन् २०२२ को नोभेम्बरमा अध्यक्ष चुनिँदा प्रवासमा बसेर गरिने पत्रकारितालाई सशक्तीकरण गर्ने, समुदायसँगको सहकार्यलाई बढाउने र “भाइरलकारिता” र पत्रकारिताका बीचमा फरक छुट्टाएर, नयाँ रेखा कोर्ने सपना देखेका एन्जाका अध्यक्ष चिरञ्जीवीराज देवकोटाले आफ्नो दुई वर्षे कार्यकालबारे एसबीएस नेपालसँग गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





