नेपालमा बिहीवार, २६ सेप्टेम्बरदेखि केही दिन निरन्तर भएको वर्षा पछि आएको बाढी र पहिरोले देशभर ठुलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका छन्। प्रमुख सडक मार्गहरू अवरुद्ध हुनुका साथै खाद्य सामाग्री र हवाई यात्राको मूल्य बढेको नेपाल संवाददाता सेवा भट्टराईले बताएकी छिन्। यो लगायत काठमाण्डू वरिपरिका बाटोहरू ठप्प भएको समयमा बिहीवारदेखि केही दिनका लागि सिन्धुपाल्चोकमा रहन बाध्य हुँदा झन्डै ९० किलोमिटर हिँडेर काठमाण्डू फर्कन तयार रहेको क्षणबारे भट्टराईले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





