रेडक्रस अन्तर्गतको अर्न्तराष्ट्रिय कमिटीले हमासद्वारा बन्धक बनाइएका मध्ये थप दुई जनालाई रिहा गर्न समन्वय गरेको बताएको छ। अर्न्तराष्ट्रिय समाचार संस्था रोयर्टसले, हमास स्रोतलाई उल्लेख गर्दै, दुई वृद्ध महिलालाई सोमबार इजिप्ट र कतारको मध्यस्थतामा छाडिएको रिर्पोट गरेको हो। माइक्रोसफ्टले अस्ट्रेलियामा करिव पाँच अर्ब अस्ट्रेलियन डलर लगानी गर्ने भएको छ। आगामी दुई वर्षमा आर्टिफिसिएल इन्टलिजेन्स (एआइ) र क्लाउड कम्प्युटिङको पूर्वाधार निर्माणका लागि उक्त रकम खर्च गरिने बताइएको छ। क्रिकेट वर्ल्ड कपमा स्कटल्यान्ड विरुद्धको खेलमा मात्रै जित हासिल गर्न सकेको अफगानिस्तानले इङ्ल्यान्डलाई समेत आठ विकेट लिदै हराउन सफल भएपछि, अस्ट्रेलियालाई समेत फाइदा पुगेको छ। गएको एक हप्ता यता अस्ट्रेलियाका प्रमुख घटनाहरू बारे नेपाली भाषामा समाचार।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




