गत शनिवार, १४ अक्टोबरमा भएको 'इन्डिजिनियस भोइस टु पार्लियामेन्ट' जनमत सङ्ग्रहमा 'नो' अर्थात् हुन्न भन्ने पक्षको ठुलो मतान्तरका साथ जित भएको छ। नतिजा स्वीकार गरेको घोषणा गर्दे प्रधानमन्त्री एन्थोनी आल्बनिजीले परिवर्तनको महत्त्वाकाङ्क्षा भने यथावतै राख्ने बताए। अस्ट्रेलियाले थप दुई उडान मार्फत, १९४ जनालाई इजरेलबाट उद्धार गरेको छ। उद्धार भएका मध्ये ९६ जना प्यासिफिक मुलुकका नागरिक रहेका छन्। खेलकुदमा भने बक्सिङ तर्फ अस्ट्रेलियन खेलाडी टिम जूले अमेरिकी खेलाडीलाई हराउँदै आफ्नो उपाधि कायम राख्न सफल भएका छन्। गएको एक हप्ता यताका अस्ट्रेलियन समाचार नेपालीमा सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





