अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विवादास्पद दिनहरूमध्ये एक हो, ज्यानुअरी २६। प्राय यसलाई देशको जन्मदिनको रूपमा वर्णन गरिन्छ, तर यो दिन न त उपनिवेशको औपचारिक स्थापना भएको दिन हो न त कमनवेल्थ बनेको। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले ज्यानुअरी २६ को ऐतिहासिक पृष्ठभूमि, यस दिनलाई किन सार्वजनिक बिदाको रूपमा मानियो र किन यहाँका विभिन्न समुदायले यसलाई फरक फरक रूपमा बुझ्छन् र अनुभव गर्छन् भन्ने बारे चर्चा गरेका छौँ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





