कोरोनाभाइरस: महामारी बाट स्थानिक रोगमा परिणत हुँदै; खोपको भूमिका महत्वपूर्ण रहने विज्ञहरुको भनाइ

Prime Minister Scott Morrison holds a vial of AstraZeneca's coronavirus vaccine during a visit to the CSL lab in Parkville, Melbourne.

Australians have to accept that living with COVID is the future says Prime Minister Scott Morrison. Source: AAP

हाल अस्ट्रेलियामा रहेका स्थानिक वा एन्डेमिक रोगहरु मध्ये रुघाको मुख्य कारण बन्ने र्हाइनोभाइरस को नै एक सय भन्दा बढी प्रकारका रहेका छन्।


सिड्नी र मेलबर्न लगायतका स्थानहरुमा कोरोनाभाइरस सङ्क्रमणको दैनिक संख्या अझैपनि बढी रहंदा भविष्यमा उक्त भाइरसको अवस्था कस्तो रहला भन्नेबारे चर्चा सुरु भइसकेका छन्।

प्रधानमन्त्री स्कट मोरिसनका साथै न्यु साउथ वेल्स कि प्रिमियर ग्लाडिस बेरेजिक्लियन ले पनि भविष्यमा कोरोनाभाइरस समुदायमा रहनेबारे मानिसहरुले बुझ्न जरुरी रहेको बताउदा यस महामारीको अन्त्य कहिले होला त भन्नेबारे दुई वरिष्ठ सरुवा रोग विज्ञहरुसंग एसबीएस समाचार द्वारा गरिएको कुराकानी तर्फ लागौं।

समुदायमा कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या शुन्यमा ल्याउने कुरा सम्भव नरहेको आफ्नो बिचार प्रधानमन्त्री मोरिसन र प्रिमियर बेरेजिक्लियन दुवैले व्यक्त गर्दै आएका छन्। त्यस्तै सोंच भिक्टोरिया सरकार द्वारा पनि व्यक्त गरिएको छ।

जसको मतलब हाल एक पान्डेमिक वा महामारीको रूपमा व्याख्या गरिने कोभिड-१९ लाई भविष्यमा स्थानिक रोग वा एन्डेमिकको रूपमा हेरिने छ।
COVID-19 Disaster Payment
Prime Minister Scott Morrison and NSW Premier Gladys Berejiklian say "living with COVID is the future." Source: AAP Image/Dean Lewins

स्थानिक रोग वा एन्डेमिक भनेको के हो त?

सरुवा रोग विज्ञ प्राध्यापक रोबर्ट बोइ का अनुसार समुदायमा कायम रहने तर कम मात्रामा मानिसहरुलाई सङ्क्रमित बनाउने बिमारीलाई एन्डेमिक भनिन्छ।

त्यस्तै भनाइ एक अर्का सरुवा रोग विज्ञ प्राध्यापक पिटर कोलिंगयोन को पनि रहेको छ।

उनका अनुसार अस्ट्रेलिया लगायत न्युजिल्यान्ड र सिंगापुरमा कोरोनाभाइरसलाई नियन्त्रणमा राख्न केहि सफलता प्राप्त भएता पनि अहिले डेल्टा भेरिएन्ट पुनः फैलिरहेका कारण उक्त भाइरसलाई पूर्ण रूपमा अन्त्य गर्न सकिने अवस्था हाल रहेको छैन।

वर्षौं सम्म कायम रहने उक्त भाइरस विरुद्धको उपयुक्त कदम भनेको खोप लगाउनुनै रहेको उनि बताउछन्।

पान्डेमिक वा महामारी बाट स्थानिक रोग वा एन्डेमिक मा कहिले परिणत हुने छ?

न्यु साउथ वेल्स कि प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी च्यान्टका अनुसार दिर्घकालिन व्यवस्थापन जरुरी रहने एन्डेमिकमा नियमित रूपमा खोप लगाउनु पर्ने आवश्यकता रहने छ।

कोरोनाभाइरस विरुद्धको खोप वितरण कार्य सम्बन्धि पछिल्लो तथ्यांकका अनुसार आगामी अक्टोबर महिनाको अन्त्य सम्ममा अस्ट्रेलिया भर खोप लगाउन योग्य रहेका मध्ये ७० प्रतिशत मानिसहरुले खोपको दुवै डोज लगाइसक्ने अनुमान रहेको छ।

साथै, त्यसको साढे दुई हप्ता वा नभेम्बर १७ सम्ममा चाहिं ८० प्रतिशतले कोभिड-१९ खोपको दुवै डोज लगाइसक्ने अपेक्षा गरिएको छ।

त्यतिको संख्यामा मानिसहरुले खोप लगाए लकडाउन अन्तर्गतका प्रतिबन्धहरुलाई खुकुलो बनाइने संघिय र केहि राज्य सरकारहरुको भनाइ आउँदा के नभेम्बर देखि सिड्नी र मेलबर्नका शहरहरुमा मानिसहरुको चहलपहल पनि बढ्ला त?

प्राध्यापक पिटर कोलिंगयोन चाहिं प्रतिबन्धहरु पूर्ण रूपमा अन्त्य हुने सोंच आफ्नो नरहेको बताउछन्।

ठुलो संख्यामा खोप लगाइसकेका राष्ट्रहरुमा आगामी डिसेम्बर ज्यानुवरी सम्ममा रहने अवस्थाका साथ् अस्ट्रेलियाली परिस्थिति प्रष्ट हुन सक्ने उनको भनाइ छ।

तर प्राध्यापक रोबर्ट बोइका अनुसार चाहिं कोरोनाभाइरसका साथ् पनि सामान्य जीवनयापनमा ठुलो समस्या नहुन सक्ने छ। हात धुने, मास्क लगाउने, भौतिक दूरी जस्ता सरल कदमहरु भविष्यमा पनि कायम राखिने उनि बताउछन्।

अस्ट्रेलियालीहरु कोरोनाभाइरस अगाडीनै स्थानिक रोग वा एन्डेमिकका साथ् आफ्नो जीवनयापन गरिरहेको विज्ञहरुको भनाइ छ।
Shot of a young woman blowing her nose at home
There are more than 100 types of rhinoviruses - they cause the common cold. Source: Getty
अस्ट्रेलियामा १०० भन्दा बढी प्रकारका र्हाइनोभाइरस रहेका छन्। सामान्य रुघाको कारण बन्ने र्हाइनोभाइरसका साथै ब्रोंकाइटिस, निमोनिया र कन्जंगक्टवाइटिस हुने अडेनोभाइरसका दर्जनौं प्रकारका साथ् पनि अस्ट्रेलियालीहरु हाल बिरामी भइरहेका छन्।

र फ्लुको प्रभाव त प्रायः सबैले नै अनुभव गरिसकेका छन्।

प्राध्यापक बोइ भन्छन हाल मानिसहरुले आफ्नो जीपी कहाँ गएर फ्लु विरुद्धको खोप लगाए झैं भविष्यमा त्यसैगरी मानिसहरुले कोरोनाभाइरस विरुद्ध खोप लगाउने छन्।

प्राध्यापक कोलिंगयोन पनि यो भनाइ प्रति आफ्नो समर्थन व्यक्त गर्छन्।

उनका अनुसार खोप लगाएका मानिसहरुको पनि गम्भीर बिमारीका कारण मृत्य हुन सक्दछ छ तर उक्त मृत्यु दर खोप नलगाएकाहरुको तुलनामा बीस देखि पचास गुणा सम्म कम रहन सक्ने उनि बताउछन्।

सन् २०१७ मा फ्लुका कारण १२०० जनाको मृत्यु भएको भन्दै ८० देखि ९० प्रतिशत संख्यामा मानिसहरुले कोरोनाभाइरस विरुद्ध खोप लगाए पछि उक्त भाइरस पनि सामान्य बन्नसक्ने उनको भनाइ छ।

अहिले सम्म देशभर कोरोनाभाइरस विरुद्धको खोपको २ करोड भन्दा बढी डोजहरुको वितरण भइसक्दा उक्त संकट महामारी बाट स्थानिक रोग वा एन्डेमिकको अवस्था तर्फ अस्ट्रेलिया बढी रहेको बताइएको छ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand