Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

द डेड हार्ट: आदिवासी अस्ट्रेलियालीहरू माथि भएको दुर्व्यवहार र अन्यायको गाथा

Midnight Oil and Troy Cassar-Daley at the Enmore Theatre, in Sydney, Thursday, February 25, 2021.

Midnight Oil and Troy Cassar-Daley at the Enmore Theatre, in Sydney, Thursday, February 25, 2021. Source: AAP

वेस्टर्न अस्ट्रेलियाका आदिवासी पृष्ठभूमिका केही महिला कैदीहरूले चर्चित अस्ट्रेलियाली साङ्गीतिक समूह, मिडनाइट ओइलको गीतलाई वेस्टर्न मरुभूमिको नननडरा भाषामा अनुवाद गरेका छन्।


Published

Updated

By Cassandra Bain

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


वेस्टर्न अस्ट्रेलियाका आदिवासी पृष्ठभूमिका केही महिला कैदीहरूले चर्चित अस्ट्रेलियाली साङ्गीतिक समूह, मिडनाइट ओइलको गीतलाई वेस्टर्न मरुभूमिको नननडरा भाषामा अनुवाद गरेका छन्।


मिड्नाइट ओइलको द डेड हार्ट नामक गीतले आदिवासी अस्ट्रेलियालीहरू माथि भएको दुर्व्यवहार र अन्यायको गाथा बोकेको छ।  

यो गीत निकालिएको तीन दशक भन्दा बढी समय बितिसक्यो - र पहिलो पटक यसलाई कसैले आदिवासी परम्परागत भाषा गाएका छन्।  

हजुर, वेस्टर्न अस्ट्रेलियाको इस्टर्न गोल्डफिल्ड्स रिजनल जेलका महिला कैदीहरूले यस गीतलाई आफ्नो अर्थात् साङ्गीतिक चिकित्सा तथा पुनर्वास कार्यक्रममा रेकर्ड गरेका हुन्।  

यसलाई मिड्नाइट ओइलका गिटार वादक जिम मजिनीले आफ्नो सिड्नीको स्टुडियोमा तयार पारेका हुन्।  

मजिनी यस गीतको अङ्ग्रेजी संस्करणका सह-लेखक पनि हुन्, र अहिले यसरी परम्परागत भाषामा गाइँदा यसको महत्त्व नै बढ्न पुगेको उनले बताए।  

"उनीहरूले यो गीतलाई आदिवासी भाषामा गाएर यसले मेरो मनै छोएको छ," उनले भने। 

गीतसहितको पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: द डेड हार्ट: आदिवासी अस्ट्रेलियालीहरू माथि भएको दुर्व्यवहार र अन्यायको गाथा हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

महिलाहरूको यस समूहले आदिवासी भाषामा थप पाँच वटा गीतहरू पनि तयार पारेका छन् - जसमा आफ्नो भूमि, परिवार र क्षमाको बारेमा गाइएको छ।  

ती मध्य एक, बेटिनाले बताइन् कि सङ्गीतले उनलाई आफ्ना भावनाहरू व्यक्त गर्न सजिलो बनाइदिएको छ।  

यस कार्यक्रमको आयोजनामा संलग्न एन्जिला लीच भन्छिन् कि, यस अनुभवले महिलाहरूको आत्मबल बढाउनुका साथै उनीहरूको पढाई लेखाइ पनि सुधारेको छ।  

"यी महिलाहरू सङ्गीतकार होइनन्, तर यसरी आफ्नो मन खोलेर उनीहरू यो योजनामा भाग लिएको देख्दा उनीहरूले यहाँबाट केही सिकेर जान्छन् जस्तो मलाई लागेको छ," उनले भनिन्।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now