गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको निर्वाचन शनिवार, जुलाई २६ मा हुँदै गर्दा, उक्त संस्थालाई लिएर पछिल्लो समय देखिएका विवाद र अस्ट्रेलियामा एनआरएनए अस्ट्रेलिया लिमिटेड नामक वैकल्पिक संस्थाको हुँदै गर्दा आगामी दिनमा प्राप्त हुन सक्ने अवसर तथा देखा पर्न सक्ने चुनौतीहरू विषयमा एसबीएस नेपालीले टोनु घोथानेसँग गरेको कुराकानीको दोस्रो भाग सुन्नुहोस्। घोथाने एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष हुनुका साथै सङ्घको सन् २०२३ को चुनावमा मुख्य निर्वाचन आयुक्त रहेका थिए। साथै उनी एक कानूनी व्यवसायी पनि हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




