नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने गाइ जात्रामा सन् २०१० को दशक यता एक नयाँ आयाम आएको छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले गाई जात्रालाई ‘प्राइड फेस्टिभल’को रूपमा मनाउने गरेका छन्। यसको सुरुवात र अर्थबारे, ‘एलजीबीटीआईक्युप्लस’ समुदायको अधिकारका लागि लडिरहेका अभियन्ता तथा ब्लु डाइमन्ड सोसाइटीका संस्थापक, सुनिलबाबु पन्तसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक, मङ्गलवार, २० अगस्ट २०२४ मा प्रकाशित भएको थियो।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।





