भिक्टोरिया सरकारले गर्मीको मौसम बढ्दै जाँदा लामखुट्टेबाट सर्ने रोगहरूबाट बच्न रिजनल भिक्टोरियाका मानिसहरूका लागि निःशुल्क खोप उपलब्ध गराउने घोषणा गरेको छ। यसै सन्दर्भमा, ट्रालगनस्थित लट्रोब रिजनल हस्पिटलको इमर्जेन्सी विभागमा रजिस्ट्रारका रूपमा कार्यरत डाक्टर सन्देश पन्थसँग लामखुट्टेबाट सर्ने रोगहरू, तिनका लक्षण, सम्भावित जोखिम, उपलब्ध खोप लगायतका विषयहरूमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका स्वास्थ्य सुझावहरू सामान्य प्रकारका मात्र छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो अवस्था सुहाउँदो सल्लाहका लागि आफ्नो चिकित्सकलाई सम्पर्क गर्नुहोस्।





