सन् २०१४ मा क्यामरा किनेर फोटो खिच्दा नराम्रो आएपछि, फोटो खिच्ने तालिम लिएका हर्ष गौतमले हाल आफूले खिचेका फोटोहरू प्रदर्शनीमा ल्याएका छन्। पेसाले इन्जिनियर रहेका गौतमले सिड्नीका महत्त्वपूर्ण संरचनाहरू तस्बिरमा उतारेका छन्। हाल फोटोग्राफीमा डिप्लोमा गर्दै गरेका उनले व्यावसायिक व्यस्त जीवनबाट थोरै समय निकालेर आफ्ना रहर कसरी पुरा गर्न सकिन्छ भन्ने बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
Share





