Coming Up Sun 4:00 PM  AEDT
Coming Up Live in 
Live
Nepali radio
एसबीएस नेपाली पोडकास्ट

टास्मानियाको महँगो घर भाँडाका कारण नेपालीहरु पनि समस्यामा

Bikram Gurung Source: SBS

होबार्टमा गए एक वर्षमा घर भाँडा खर्च ९ देखि १५ प्रतिशत सम्म बढ्दा मेलबर्न बाट सरेका बिक्रम गुरुङ आफ्ना गर्भवती श्रीमती र एक सन्तान सहित दुई अन्य साथिहरुसंग एउटै घरमा बसिरहेका छन्।

साढे तीन वर्ष अगाडी नेपालबाट मेलबर्न आएका बिक्रम गुरुङलाई आफ्नो ४५८ भिसा अन्तर्गतको शर्तका कारण देशको कुनै ग्रामिण स्थानमा सर्नुपर्ने अवस्था आएपछि उनले टास्मानियाको होबार्ट सहरलाई रोजे।

तर होबार्टमा भाँडामा घर लिन मेलबर्नको भन्दा झन्डै दोब्बर पैसा तिर्नपर्ने बारे आफुले अनुमान पनि नगरेको गुरुङ बताउँछन्।

आफ्नो परिवारसंग बस्ने ठाउँको खोजि गर्दा भाँडा खर्चबारे सुनेर आफु झसंग भएको उनको भनाइ छ।

टास्मानियामा घर भाँडामा लिएर बस्नेहरुको हक अधिकारका लागि वकालत गर्ने संस्था टेनेन्ट्स युनियन अफ टास्मानियामा कार्यरत रहेका बेन बार्टिलका अनुसार सहायताका लागि उनको संस्थामा आउने मानिसहरु मध्ये झन्डै २० प्रतिशत संख्या विदेशमा जन्म भएकाहरुको रहेको छ।

The city of Hobart lies in the foothills of kunanyi/Mount Wellington
The city of Hobart lies in the foothills of kunanyi/Mount Wellington.
SBS News/Sarah Maunder

साथै, उनीहरु मध्ये धेरै बस्ने घरहरु नराम्रो अवस्थामा रहेता पनि अन्य सस्तो विकल्पको कमीका कारण उनीहरु जिर्ण अवस्थामा रहेका घरमा बस्न बाध्य भएको पेशाले वकिल रहेका बार्टिल बताउँछन्।

टास्मानियाको बिपक्षी लेबर पार्टीका अनुसार हाल ४ हजार भन्दा बढी मानिसहरु सरकार द्वारा भाँडा सहुलियत प्रदान गरिने आवास स्थानको प्रतिक्षामा रहेका छन्।

राज्यको लिबरल सरकारले चाहिं सस्तो र सामाजिक आवासका लागि ६१ करोड ५० लाख डलर लगानी गरेको जोड दिएको छ।

तर अभियन्ता समूहहरुले चाहिं अस्ट्रेलिया भर नै उपलब्ध आवासको कमीलाई अन्त्य गर्न संघीय र राज्य सरकार दुबैले थप पहल गर्न जरुरी रहेको बताउँदै आएका छन्।

त्यस्तै भनाइ मिशन अस्ट्रेलिया नामक च्यारिटीमा टास्मानियाका लागि आवास सम्बन्धि प्रबन्धक साइमन डफीको पनि रहेको छ।

उनले चाहिं सस्तो घरहरुको कमीलाई समाधान गर्न थप भवनहरु बनाइन जरुरी भएको बताएका छन्।

बेन बार्टिल ले पनि साइमन डफीको भनाइ प्रति समर्थन जनाउदै नयाँ भवन निर्माण गर्न धेरै जरुरी भएको बताउँछन्।

बिक्रम गुरुङ हाल आफ्नो गर्भवती श्रीमती र एक शिशु सहित आफ्ना दुई अन्य साथीहरुसंग एउटै घरमा भाँडामा बसिरहेका छन्। महँगो घर भाँडा र आफ्नो नयाँ शिशुको जन्म पछि चाहिने सहयोगका कारण पनि आफु साथीहरुसंग मिलेर बस्न बाध्य भएको गुरुङको भनाइ छ।

Hobart City
Hobart City
sbs nepali

गुरुङको अवस्था प्रति मिशन अस्ट्रेलियाका साइमन डफ़ीलाई चाहिं अचम्म लागेको छैन।

उनि भन्छन शरणार्थीको रूपमा टास्मानिया आएका धेरै मानिसहरु पनि भाँडामा घर लिंदा ठुलो समस्याको सामना गर्दछन्।

पुनर्बास सहायक संस्थाहरु द्वारा नयाँ शरणार्थीहरुलाई निजी बासस्थानको व्यवस्था गर्ने भएकोले जब उनीहरुले आफ्नो लागि भाँडामा लिन घर खोज्ने बेला आउंछ त्यतिबेला भाषा लगायतका चुनौतीहरुले परिस्थितिलाई झनै गाह्रो बनाउने डफी बताउछन्।

Coming up next

# TITLE RELEASED TIME MORE
टास्मानियाको महँगो घर भाँडाका कारण नेपालीहरु पनि समस्यामा 14/08/2021 04:17 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहिबार २१ अक्टोबर २०२१ 21/10/2021 14:28 ...
“भारतको प्रशिक्षक रिसाए भन्दैमा म र मेरो फुटबल टोलीमाथि अन्याय गर्न पाइँदैन”: अलमुताइरी 21/10/2021 03:03 ...
जलवायु नीतिका कारण सङ्घीय गठबन्धन सरकारमा देखिएको फाटो 21/10/2021 03:05 ...
अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त? 20/10/2021 05:48 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार २० अक्टोबर २०२१ 20/10/2021 07:13 ...
अस्ट्रेलियामा कति प्रकारका ब्रिजिङ्ग भिसाहरू उपलब्ध छन्? 19/10/2021 08:43 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १९ अक्टोबर २०२१ 19/10/2021 06:42 ...
"आफ्नो कथा-व्यथा आफैँले व्यक्त गर्न सक्नु पर्छ" 19/10/2021 07:02 ...
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार १८ अक्टोबर २०२१ 18/10/2021 05:57 ...
View More