SKIP TO MAIN CONTENT

नेपाली सहित तीन कामदारलाई तलब नदिने सिड्नीको एक क्याफेलाई दण्ड

दक्षिणी सिड्नी स्थित मेनईको एक क्याफेले ५,५०० डलर जरिमाना तिर्नुपरेको छ।

Two workers at a restaurant.
The Fair Work Ombudsman has secured a $5,500 penalty in court against a café operator in southern Sydney. Representative Image. Source: AAP / Dan Peled

2 min read

Published

Updated

Source: SBS / FWO



Skip to article content

मेनई मार्केटप्लेस सपिङ सेन्टरमा राइट कफी रिजर्भ नामको क्याफे सञ्चालन गर्ने दि लज एमजीएल पीटीवाई लिमिटेडलाई फेडेरल सर्किट एन्ड फ्यामिली कोर्टले जरिमाना तिर्न आदेश दिएको हो।

अपिल र कानूनी कारबाही

विद्यार्थी भिसामा रहेका एक नेपाली कामदार सहित अन्य दुईजना कर्मचारीले फेयर वर्क अम्बड्स्मन समक्ष सहयोगका लागि अपिल गरेका थिए।

उक्त अनुरोध पछि अम्बड्स्मनले यसबारे आफ्नो अनुसन्धान सुरु गरेको थियो।

अम्बड्स्मनका अनुसार आफ्ना एक अधिकारीले अनुसन्धानका क्रममा ती तीनै जना कामदारले कुनै पारिश्रमिक नपाएको विश्वासमा दि लज एमजीएल पीटीवाई लिमिटेडलाई अगस्ट २०२१ मा एक अनुपालन सूचना वा कम्प्लाएन्स नोटिस जारी गरेका थिए।

तर त्यसको बेवास्ता गर्दै कामदारहरूलाई सन् २०२० को डिसेम्बरदेखि अप्रिल २०२१ सम्मको अवधिमा काम गर्दा वापतको पारिश्रमिक उक्त क्याफे सञ्चालक कम्पनीले नदिएपछि फेयर वर्क अम्बड्समनले कानूनी कारबाही सुरु गरेको थियो।

कानूनी प्रक्रिया सुरु भएपछि मात्र ती कामदारहरूले पाउनुपर्ने पुरा पैसा पाएको बताइएको छ।

कामदारहरूको थिए?

  • दुई हप्ता जति काम गर्ने एक १७ वर्षीय फुड एन्ड वेभरेज अटेन्डेन्ट
  • ६ हप्ता जति किचेन अटेन्डेन्टका रूपमा काम गरेका र विद्यार्थी भिसामा रहेका एक नेपाली
  • दुई महिनाभन्दा केही बढी समय काम गर्ने एक फुड एन्ड वेभरेज अटेन्डेन्ट

फेयर वर्क अम्बड्समनको प्रतिक्रिया

क्रिस्टेन हाना कार्यवाहक फेयर वर्क अम्बड्समन हुन्।

अनुपालन सूचनालाई बेवास्ता गर्दा व्यापार व्यवसायका सञ्चालकहरूले थप जरिमाना तिर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ।

वैधानिक रूपमा कामदारहरूले पाउनुपर्ने पारिश्रमिक उनीहरूलाई दिलाउन आफूहरूले कानूनी बाटो अपनाउन पछि नहट्ने भन्दै हानाले भनिन्,“कम्प्लाएन्स नोटिसलाई बेवास्ता गर्नेहरू विरुद्ध हामी कानूनी कारबाही गर्न तयार छौँ।”

“फास्ट फूड, रेस्टुरेन्ट र क्याफे सेक्टरमा नियम पालनाको स्थितिलाई सुधार्न र जोखिममा रहेका कामदारहरूलाई सुरक्षा दिने काम फेयर वर्क अम्बड्स्मनको प्राथमिकतामा छ भनेर रोजगारताहरूलाई थाहा हुन आवश्यक छ।”

साथै, आफ्नो तलब सुविधा बारे कुनै दुबिधा भए आफूहरूसँग नि:शुल्क सल्लाह सुझाव माग्न पनि कामदारहरू समक्ष क्रिस्टेन हानाले आग्रह गरेकी छिन्।

रोजगारदाता र कर्मचारीहरूले आफ्नो अधिकारहरूका बारेमा जान्न, फेयरवर्क अम्बड्स्मनको वेबसाइट वा १३ १३ ९४ मा फोन गरेर निःशुल्क जानकारी लिन सक्छन्।

दोभासेको आवश्यकता परेमा १३ १४ ५० मा फोन गर्न सकिन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now