SKIP TO MAIN CONTENT

कोरोना प्रभाव: सुपर सुविधाको फाइदा उठाउँदै २० लाखले १५ अर्व झिके, युनियन असन्तुष्ट

कोरोनाभाइरस सङ्कटका कारण आर्थिक रूपमा प्रभावित मानिसहरूलाई राहत स्वरूप उनीहरूको सुपरएन्नुएसनमा सङ्घीय सरकारले प्रदान गरेको अग्रिम पहुँचको फाइदा २० लाख भन्दा बढी अस्ट्रेलियाली कामदारहरूले उठाएका छन्।

Superannuation
Uzmanlar superannuation’ın yaşlılığınız için son derece etkili bir tasarruf yöntemi olduğunu belirtiyor. Source: Getty Images

3 min read

Published

Updated



Skip to article content

उक्त अग्रिम भुक्तानी योजना अन्तर्गत हालसम्म करिब २० लाख भन्दा बढी मानिसहरूले कुल १५ अर्व जति रकम हालसम्म आफ्नो सुपरबाट निकालिसकेको अस्ट्रेलियन प्रुडेन्सियल रेगुलेसन अथोरिटी (आप्रा)ले बताएको हो।

साप्ताहिक रुपमा तथ्याङ्क सार्वजनिक गर्ने आप्राको पछिल्लो रिपोर्टमा अस्ट्रेलियालीहरूले १४.८ अर्व डलर आफ्नो सुपरएन्नुएसनबाट झिकिसकेको उल्लेख गरेको छ।

अस्ट्रेलियाली कर कार्यालयका अनुसार जुन ७ तारिखसम्म करिब २१ लाख मानिसहरूले आफ्नो सुपरबाट रकम झिक्न दरखास्त हालिसकेका छन्।

saving super investment
Source: Pixabay Tumisu

तर, कामदारहरूको हक-हितका लागि काम गर्ने युनियनहरूको छाता सङ्गठन - अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्स (एसीटीयु)ले भने यसरी सुपरएन्नुएसनबाट अग्रिम रूपमा बचत झिक्न दिएर सरकारले कामदारहरूलाई गरिबी तर्फ धकेलेको बताएको छ।

अस्ट्रेलियाली सिनेटको कोभिड-१९ सम्बन्धी एक सुनुवाइ समिति समक्ष एसीटीयुद्वारा बुझाइएको आफ्नो प्रतिक्रियामा उसले भनेको छ कि सङ्घीय सरकारको सुपरबाट अग्रिम रूपमा भुक्तानी लिन मिल्ने योजनाका कारण झन्डै ३० खर्व डलर सञ्चित रहेको सेवा निवृत्ति कोषहरूले ठुलो झट्का सहनु परेको छ।

कोभिड-१९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावबाट आफ्नो रोजगारी गुमाएका मानिसहरूलाई दैनिक खर्चका लागि आवश्यक परे यो आर्थिक वर्षमा १०,००० डलरसम्म र जुलाईदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा थप १०,००० डलरसम्म, उनीहरूको सुपरएन्नुएसनबाट झिक्न दिने व्यवस्था सङ्घीय सरकारले गरेको थियो।

मर्म विपरीत योजना

एसीटीयुका अनुसार निवृत्तिभरण कोषहरूबाट यसरी अग्रिम रूपमा रकम झिक्न दिँदा त्यसले हाल बेरोजगार भएका कामदारहरूलाई भविष्यमा थप कठिनाइहरूको सामना गर्नुपर्ने हुनसक्छ र उक्त सरकारी निर्णय अस्ट्रेलियाको अवकाश आय योजनाको मर्म विपरीत छ।

“सुपरएन्नुएसनबाट प्राप्त हुने लाभहरूलाई जोगाई राख्न सकियो भने मात्र त्यसले मानिसहरूको अवकाश कालमा मद्दत गर्न सक्छ।”

यसका साथै एसीटीयुले सङ्घीय सरकारद्वारा अग्रिम सुपर भुक्तानी कार्यान्वयनका क्रममा उचित ध्यान नपुर्‍याएको आरोप लगाउँदै सरकारी उदासीनताका कारण थुप्रै मानिसहरू सुपर ठगी प्रकरणमा मुछिएको बताएको छ।

“हामीलाई थाहा छ कि सयौँ व्यक्तिहरूको अपर्याप्त सरकारी संरक्षण र कमजोर परिचय परीक्षण विधिका कारण, सुपर चोरी भएको छ,” एसीटीयुका उप-महासचिव स्कट कन्नेलीले भने।

लिबरल पार्टीका एक जना सिनेटर जेन ह्युमले भने अग्रिम सुपर पहुँच योजना सरकारले ल्याएका राहत सम्बन्धी थुप्रै योजना मध्येको एक भएको बताएको यसको बचाउ गर्छिन्।

“यो योजनालाई धेरैले स्वागत गरेका छन् र आप्राले जारी गरेको तथ्याङ्कबाट पनि म सन्तुष्ट छु किनकि त्यसले के देखाएको छ भने सरकारी अपेक्षा अनुरूप नै यसले काम गरेको छ,” ह्युमले भनिन्।

APRA SUPER
Source: APRA

आप्राद्वारा जारी तथ्याङ्क अनुसार औसत रूपमा मानिसहरूले ७,४७५ डलर अग्रिम भुक्तानी स्वरूप आफ्नो सुपरएन्नुसन बचतबाट निकालेका छन्।

आवेदकले भुक्तानीका लागि निवेदन दिएको लगभग ३.३ कार्यालय दिन भित्र आफ्नो रकम पाएको पनि उक्त रिपोर्टमा उल्लेख छ।

Nepali Infographics GP Visit
Source: SBS NEPALI

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now