वि.स २०७९: नेपालमा राजनीतिक उतार चढावको वर्ष

नयाँ वर्ष लागेसँगै नेपालमा आर्थिक सङ्कटका लक्षणहरू बढ्दै गएको र राष्ट्र ब्याङ्कका गभर्नरलाई निलम्बित गरेपछि थप अन्योल बढेको बारे चर्चा गरेका थियौँ।

Rabi Lamichhane's (L) Rashtriya Swatantra Party has exited the current Pushpa Kamal Dahal (R) government.

Rabi Lamichhane's (L) Rashtriya Swatantra Party has exited the current Pushpa Kamal Dahal (R) government. Credit: (L) Narendra Shrestha/EPA via AAP Photos, (R) AFP/Stringer via Getty Images

अस्ट्रेलियामा सङ्घीय निर्वाचनको चटारोकै समयमा नेपालमा भने स्थानीय तहको निर्वाचनको तयारी जोडतोडले चलेको थियो।

दोस्रो नेपाली अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पछिका सम्भावनाहरूको आङ्कलन गरिएको थियो।

नेपालको कानुन अनुसार बलात्कारको घटना एक वर्ष पछिसम्म मात्र जाहेरी गर्न मिल्ने व्यवस्था रहेकोमा मुद्दा जाहेर गर्ने हदम्याद खारेज गर्ने अभियानले गति लिएको थियो।

स्थानीय तहको निर्वाचन मत परिणामले नेपालको राजनीतिमा नै हलचल ल्याएको थियो। विशेष गरी काठमान्डु महानगरपालिका, धरान लगायतका केही स्थानमा आश्चर्यजनक रूपले स्वतन्त्र उम्मेदवारहरू नगर प्रमुखको पदमा विजयी भए पछि मतदाताले नयाँ सोचलाई दल भन्दा माथि राखेको टिप्पणीहरू हुन थाले।

अघिल्लो वर्ष देखि नै सुरु भएको नेपालमा अमेरिकी सहायताको परियोजना एमसीसीलाई लिएर देखिएको विवाद र यससँग जोडिएका विषयहरूबारे पनि हामीले विज्ञहरू तथा विचारकहरूसँगको कुराकानी राख्यौँ। 

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लागेको पाँच महिना बितिसक्दा पनि त्यसमाथि थप प्रक्रिया अघि नबढ्दा न्याय प्रणाली परेको प्रभावबारे पनि सामाग्रीहरू राखेका थियौँ। 

असोज महिनाको सुरुवातमा चिनियाँ राष्ट्रपतिका विश्वासपात्र मानिएका ली चान्शुको नेपाल भ्रमणले उत्पन्न गरेका चासोबारे पनि हामीले चर्चा गरयौं।

यस बाहेक गैर आवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने विषय समेटिएको नागरिक विधेयक प्रमाणीकरण गर्न तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेको बारेमा पनि हामीले एसबीएस नेपालीमा चर्चा गरेका थियौँ।

नेपालमा मङ्सिर ४ गतेको आम निर्वाचनका लागि तयारी सुरु हुन थालेको थियो। र विज्ञहरूले स्थानीय तहको निर्वाचनको प्रभाव स्वरूप सङ्घीय र प्रदेश निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बढेको बताए।

र  निर्वाचन नतिजामा नेपाली काँग्रेस सबै भन्दा ठुलो दल बन्न पुग्यो भने एमाले र माओवादी क्रमशः दोस्रो र तेस्रो बने।

सरकार गठनको प्रक्रिया पनि कम नाटकीय भएको थिएन ३२ सिट ल्याएर तेस्रो भएको माओवादी केन्द्रका संसदीय दलका नेता प्रचण्डको नेतृत्वमा सरकार गठन मात्र भएन, नेकपा एमालेका अध्यक्ष केपी ओलीको साथमा अन्य पाँच दलको समर्थन पाएर सरकार बन्ने पक्का भएपछि प्रचण्डले उक्त गठबन्धन पनि तोडे।

राजनीतिक दल खोलेको ६ महिनामै अभूतपूर्व सफलता हासिल गर्दै पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारमा उपप्रधान एवं गृहमन्त्री बन्न रवि लामिछाने सफल भएका थिए।

तर त्यसको केही समय नबित्दै उनी विरुद्ध  नागरिकताको विषयमा परेको रिट निवेदनको फैसला स्वरूप सर्वोच्चले लामिछाने सांसद एवं उपप्रधान र गृहमन्त्री रहन अयोग्य रहेको फैसला सुनायो।

भदौमा एक १७ वर्षीय भनिएकी बालिकाले उजुरी गरेको आधारमा कार्तिक महिनामा  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा राखियो।

त्यसपछिको महिनामा क्रिकेट विवादकै क्रमको निरन्तरता रह्यो जहाँ 'नेपाल टी-२० लिग' म्याच फिक्सिङको विवादको घेरामा परेको थियो।

माघ महिना लागेकै थियो नेपालले इतिहास कै सबैभन्दा खराब हवाई दुर्घटना भोग्नु पर्‍यो। ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार रहेको  यति एयरलाइन्सको विमान दुर्घटनाले नेपाल मात्र नभई विश्वका समाचार माध्यमहरूमा स्थान पायो।

डाक्टर सन्दुक रुइतले १० लाख अमेरिकी डलरको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेको समाचारले पनि वर्ष २०७९ मा निकै चर्चा कमायो।

 वर्षका अन्तिम केही महिनामा चाहिँ  नेपालको राजनीतिले अप्रत्याशित मोड लिने क्रमले फेरी पनि निरन्तरता पायो, जस अनुरूप प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको तीन महिना नपुग्दै दोस्रो पटक विश्वासको मत लिए।

पछिल्लो आम निर्वाचन पछि बनेको आफ्नो सरकारलाई समर्थन गरेका नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएपछि, सोमवार २० मार्चमा फेरी दोस्रो पटक विश्वासको मत लिएका हुन्।

साथै वर्ष २०७९ मै नेपालले तेस्रो राष्ट्रपतिका रूपमा राम चन्द्र पौडेललाई पायो।


3 min read

Published

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now