SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: वेस्टप्याकले क्रेडिट कार्ड ब्याज भुक्तानीमा आगामी तीन महिना छुट दिने

आफूहरूको कोरोनाभाइरस राहत प्याकेजको एक अंश स्वरूप वेस्टप्याक ब्याङ्कले आर्थिक सङ्कट भोगिरहेका ग्राहकहरूलाई उनीहरूको क्रेडिट कार्ड ऋणमा अन्तर्गतको ब्याजमा छुट दिने बताएको छ।

Westpac Bank signage is seen in Adelaide, Wednesday, December 11, 2019. (AAP Image/Kelly Barnes) NO ARCHIVING
Westpac Source: AAP

3 min read

Published



Skip to article content

अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठुलो ब्याङ्कका कहलिने वेस्टप्याकले आगामी तीन महिनासम्मको लागि लागू हुने गरी उक्त राहत प्रदान गर्ने बताएको हो।

वेस्टप्याकद्वारा शुक्रवार घोषित योजना अनुसार क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई लाग्ने वा आर्जित ब्याज भुक्तानी माफ हुनेछ र यस सहायताका लागि योग्य हुन ग्राहकहरूले कि त आफ्नो रोजगारी गुमाएको हुनुपर्ने छ वा उनीहरूको काम गर्ने समय कटौती भएको हुनुपर्नेछ।

यो निर्णयसँगै, आफ्नो ब्याजदर रोक्का गर्ने ठुला वित्तीय संस्थाहरू मध्येको पहिलो ब्याङ्क बन्न पुगेको वेस्टप्याकले तीन महिना पछि भने यथावत् रूपमै ब्याज सङ्कलन हुने बताएको छ।

आर्थिक सङ्कटका कारण पहिले नै वेस्टप्याकसँग सहायताका लागि गुहार मागेका ग्राहकहरूका लागि भने यो योजना उपलब्ध नहुने र यस सहायता प्याकेजका लागि योग्य हुन ग्राहकहरूसँग गत ज्यानुअरी १ मा क्रेडिट कार्ड खाता सञ्चालनमा रहेको हुनुपर्ने पनि पनि बताइएको छ।

आफ्ना निकै क्रेडिट कार्ड ग्राहकहरूले उनीहरूलाई आर्थिक रूपमा बोझ थपिएको गुनासोहरू आएपछि आफूहरूले राहत स्वरूप आगामी तीन महिनाका लागी ब्याज रोक्का गरेको वेस्टप्याकका ग्राहक शाखाका प्रमुख डेभिड लिन्बर्गले बताएका छन्।

covid-19.png

“गत महिना, हामीले उपभोक्ताहरूका निमित्त कोभिड-१९ सहायता प्याकेजको घोषणा गरेदेखि हामीसँग ४०,००० भन्दा बढी क्रेडिट कार्ड ग्राहकहरू आएर उनीहरूको वित्तीय व्यवस्थापनको लागि थप सहयोगको माग गरिरहेका छन्,” लिन्डबर्गले भने।

“यो व्यवस्थाले कोभिड-१९ का कारण वित्तीय तनावको सामना गरिरहेका ग्राहकहरूलाई आफ्नो ऋण चुक्ता गर्न ब्याजबाट अस्थायी रूपमै भए पनि राहत महसुस हुनेछ।”

अन्य ब्याङ्कहरूको राहत

Home Loans
Source: AAP

कमनवेल्थ ब्याङ्कले मार्च महिनाका लागि मात्र आफ्ना क्रेडिट कार्ड ग्राहकहरूको ब्याज तथा म्याद नाघे पछि लाग्ने शुल्क मिनाहा गरेको छ भने कोरोनाभाइरसका कारण वित्तीय तनाव भोग्नु परेका आफ्ना ग्राहकहरूलाई कम ब्याजदरको कार्ड लिन वा किस्ता योजना अन्तर्गत आफ्नो ऋण एवं ब्याज चुक्ता गर्न भनेको छ।

उता, नेशनल अस्ट्रेलिया ब्याङ्कले भने आफ्ना ग्राहकहरूले उनीहरूको क्रेडिट कार्ड ऋण चुक्ता गर्न आगामी तिन महिना कि त ऋणको ०.०५ प्रतिशत वा ५ डलर - जुन अधिकतम छ - सो तिरे पुग्ने बताएको छ।

अर्को ठुलो अस्ट्रेलियाली वित्तीय संस्था एएनजेडले भने वित्तीय तनाव झेलिरहेका आफ्ना ग्राहकहरूलाई ब्याङ्कलाई सम्पर्क गर्न आग्रह गरेको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

covid-19.png

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now