एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि कोभिड-१९ विरुद्धको ब्रिटिस खोपको परीक्षण रोक्का

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा तयार भएको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण स्थगित गरिएको छ।

परीक्षणमा सहभागी भएका एक बेलायती व्यक्तिमा स्वास्थ्य समस्या देखिए पछि हाललाई अक्सफोर्डद्वारा निर्मित खोपको जाँच बन्द गरिएको हो।

आस्ट्राजेनेकाका नामक एक औषधी उत्पादन कम्पनीसँग मिलेर अक्स्फर्ड विश्वविद्यालयले विकास गरेको खोपले सबै तहका परीक्षणहरू पार गरे अस्ट्रेलियाली सरकारले ३ करोड ३० लाख मात्रा किन्ने सहमति केही दिन अघि मात्रै गरेको थियो।

एक बेलायती सहभागीमा अज्ञात रोग देखिए पछि परीक्षण स्वैच्छिक रूपमा रोकिएको आस्ट्राजेनेकाले पुष्टि गरेको छ र अब यसको समीक्षा एक स्वतन्त्र निकायले गर्ने बताइएको छ।

आस्ट्राजेनेकाका अनुसार परीक्षणका क्रममा कुनै पनि अज्ञात रोग देखा परे त्यसता कार्यक्रम रोक्का गरिने नियमित कारबाही नै हो।

"परीक्षण माथि आँच आउन नदिन जाँचका कार्यलाई स्थगित गरिन्छ," उसले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

"ठुला परीक्षाहरूमा बिरामीहरू संयोगवश हुन्छन् तर यसलाई सावधानीपूर्वक जाँच गर्न स्वतन्त्र रूपमा समीक्षा गर्नुपर्दछ।"

कम्पनी अगाडि भन्छ, "परीक्षणको समय रेखामा हुने कुनै सम्भावित प्रभावलाई न्यूनीकरण गर्न हामीले त्यो एक घटनाको समीक्षालाई द्रुत गतिमा अगाडि बढाउन काम गर्दैछौं। हामी हाम्रा सहभागीहरूको सुरक्षा र हाम्रो परीक्षणहरूमा आचारको उच्चतम स्तर प्रति प्रतिबद्ध छौँ।"

घटनाक्रम

स्ट्याट नामक समाचार वेबसाइटले सर्वप्रथम परीक्षण रोक्का भएको रिपोर्ट गर्दै सम्भावित "साइड इफेक्ट"को घटना बेलायतमा भएको सार्वजनिक गर्‍यो।

अघिल्लो महिना मात्र संयुक्त राज्यमा खोपको विस्तृत जाँच गर्न भन्दै ३० हजार मानिसलाई भर्ना गरेको आस्ट्राजेनेकाका प्रवक्ताले खोप बारे अनुसन्धान कार्य अमेरिका तथा अन्य देशमा स्थगित भएको पुष्टि गरे।

अमेरिकासँगै आस्ट्राजेनेकाले बेलायत, ब्राजिल र साउथ अफ्रिकामा पनि खोपको परीक्षण सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको थियो।

आस्ट्राजेनेका सहित अन्य आठ औषधि निर्माताहरुले खोप निर्माण गर्दा उच्च नैतिक तथा वैज्ञानिक स्तरमा गरिने एक अनौठो प्रतिज्ञा गरेकै दिन यो पछिल्लो घटना बाहिर आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युयस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (युयसएफडीए) भनिने अमेरिकी खाद्य तथा औषधी प्रशासनलाई खोप सुरक्षित र प्रभावकारी रहेको प्रमाणित हुनु अघि नै अनुमोदन गर्न दबाब दिने चिन्ताका बिच यो प्रतिज्ञा आएको हो।

अस्ट्रेलियाको प्रतिक्रिया

डेपुटी प्रमुख चिकित्सा अधिकारी निक् कोट्सवर्थले यो पछिल्लो घटनाका कारण सो खोप किन्ने सम्झौता रद्द भइसकेको भन्न नमिल्ने बताएका छन्।

कोट्सवर्थका अनुसार हानिकारक प्रतिकिया बारे थप अनुसन्धान गरिनु आवश्यक छ।

बुधवार बिहान च्यानल नाइनसँग कुरा गर्दै उनले भने, "यो प्रतिकुल प्रतिक्रिया ठ्याक्कै के हो भनेर बुझ्न म केही समय पर्खनेछु र त्यो खोपकै कारण भएको हो कि होइन भनेर पनि हेर्नेछु।"

अन्य खोप

अक्सफोर्ड र आस्ट्राजेनेकाद्वारा विकास गरिएको खोप बाहेक हाल अमेरिकामा मोर्डेनाको खोप अन्तिम परीक्षण चरणमा रहेको बताइएको छ भने अर्को अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोेएनटेकले संयुक्त रूपमा एक अन्य खोपको परीक्षण गरिरहेका छन्।

आस्ट्राजेनेकाको खोपले भन्दा भिन्नै प्रकारले काम गर्ने यी दुई खोपहरूको प्रभावहरू बुझ्न आवश्यक पर्ने मानिसहरूको सङ्ख्याको दुई तिहाइ जति स्वयंसेवकहरू भर्ती गरिसकिएको बताइएको छ।

अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c
0c8f5ba4-f9d6-418f-b76c-b93a2e6f4008

1x1_small

18 HOURS AGO

विदेशमा फसेका र घर फर्कन चाहने अस्ट्रेलियालीलाई सरकारी ऋण

1x1_small

 21 HOURS AGO

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार ८ सेप्टेम्बर २०२०

1x1_small

 22 HOURS AGO

आर्थिक मन्दीमा प्रवेश गरेको अस्ट्रेलियामा घर किनबेच माथि कतिको असर पर्ला?

1x1_small

1 DAY AGO

सुरक्षा चिन्ताका कारण दुई अस्ट्रेलियाली पत्रकारहरुको चीनबाट आकस्मिक फिर्ती

1x1_small

 1 DAY AGO

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार ७ सेप्टेम्बर २०२०

 

 

 

 


Share

4 min read

Published

Updated

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now