उत्तरी नेपालको रसुवामा छायाङ्कन गरिएको एक चलचित्र ‘फ्यामिली म्यान’, हाल जारी मेलबर्न इन्टर्नेश्नल फिल्म फेस्टिभल २०२५ मा प्रदर्शन भइरहेको छ। विश्वभरका २७५ भन्दा बढी सिनेमाहरू प्रदर्शनीमा समावेश गरिएको उक्त वार्षिक चलचित्र महोत्सवको यो ७३औँ संस्करणमा अस्ट्रेलियन चलचित्रकर्मी कलानी ग्याकन तथा नेपालका प्रवीण कार्कीद्वारा संयुक्त रूपमा निर्माण गरेका हुन्। ‘फ्यामिली म्यान’ बनाउने योजनादेखि नेपालको बसाइ र कलाकारका दायित्वका बारेमा सो सिनेमाका निर्देशक समेत पनि रहेका ग्याकनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





