नवयुवाहरूले गरेको दुई दिनको प्रदर्शन पछि नेपालमा ठुलो राजनीतिक परिवर्तन आएको छ। केपी ओली सरकारद्वारा सोसल मिडियाको दर्तालाई लिएर लागू गरिएको प्रतिबन्धको विरोध र सुशासनको माग राख्दै जेन जी युवाहरूले गरेको प्रदर्शनपछि, प्रतिनिधि सभा विघटन सहित सरकार फेरिएको छ। आउँदो सन् २०२६ मार्च ५ मा निर्वाचन गर्ने जिम्मेवारी सहित नेपालले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार पाएको छ। गत १० दिन यता विकसित घटनाक्रमहरूलाई लिएर काठमाण्डूका केही आम नेपालीहरूलाई मुलुकमा आएको राजनीतिक परिवर्तनलाई कसरी हेर्नुभएको छ र नवगठित अन्तरिम सरकारसँग कस्तो अपेक्षा रहेको छ भनी नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।





