SKIP TO MAIN CONTENT

सन् २०२१: व्यापार र वित्तीय मामिलामा असाधारण वर्ष

Economy
Ein rabenschwarzer Tag an der Börse Source: AAP

सन् २०२१ आर्थिक र व्यावसायिक दृष्टिकोणबाट निकै असामान्य किसिमको रह्यो।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

सन् २०२१ आर्थिक र व्यावसायिक दृष्टिकोणबाट निकै असामान्य किसिमको रह्यो।


महामारीको दोस्रो वर्ष चलिरहँदा पनि घरहरूको भाउ र सेयर बजार अहिले सम्मकै उच्च बिन्दुमा पुग्यो।

सरकारबाट ठुलो आर्थिक सहयोग आउनु र अत्यधिक न्यून ब्याजदरका कारण सम्पत्ति मूल्यमा वृद्धि भयो।

तर ठुलो मागहरूका बिच विश्व अर्थतन्त्र फेरी पूर्ण सक्रिय हुदैछ र व्यवसाय तथा कारखानाहरू कोभिड युक्त संसारसँग अभ्यस्त हुन थालेका छन्।

केटू एसेट म्यानेजमेन्टका जर्ज बबरस भन्छन् "यस अवस्थामा बस्तु तथा सेवाहरूको मूल्यमा वृद्धि वा मुद्रास्फीति देखिन थालेको छ,"

यसले गर्दा विश्वका केन्द्रीय बैङ्कहरूले आर्थिक सहायता प्याकेजहरू दिन बन्द गरे भने आधिकारिक ब्याज दरहरू पनि बढ्ने तरखरमा छन्।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्:सन् २०२१: व्यापार र वित्तीय मामिलामा असाधारण वर्षहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

बजारमा मुद्रास्फीतिका चर्चा चलिरहँदा सेनेका फाईनान्सीयल सोलुसनका लुक ल्यारेटिभले भन्छन् क्षेत्रीय राजनीतिले पनि २०२१ मा प्रमुख भूमिका निर्वाह गर्‍यो।

यस्ता केही कारणहरूले अस्ट्रेलियाको अर्थतन्त्रमा असर पर्ने बताइदा रिजर्भ ब्याङ्कले भने आगामी दिनमा देशको अर्थतन्त्रमा ५.५ प्रतिशतले वृद्धि हुने विश्वास व्यक्त गरेको छ।

वेभस्टोन क्यापिटल कि क्याथरिन अल्फ्रे भन्छिन देशको अर्थतन्त्र अब व्यवसाय र उपभोक्ताहरूद्वारा चलायमान हुनेछ।

शेयर बजार मर्जर र अधिग्रहणका गतिबिधिले भरिपुर्ण रहे।

जसमध्ये केहि त अहिले सम्म कै सबैभन्दा ठुला थिए जसमध्ये ३९ अर्ब डलरमा बाइ नाउ पे लेटर सेवा प्रदायक आफ्टरपेलाई अमेरिकी रकम भुक्तानी सम्बन्धि ठुलो कम्पनि स्क्वायरले किन्यो जसको नाम अहिले परिवर्तन गरेर ब्लक राखिएको छ।

त्यस्तै सिड्नी एभिएसन एलाईन्सले ३२ अर्ब ६० करोड डलरमा सिड्नीको विमानस्थल किनेपछि नयाँ रेकर्ड बन्यो।

त्यस्तै बिएचपीले पनि आफूलाई हरित उर्जामा केन्द्रित गर्ने भन्दै आफ्ना पेट्रोलियम सम्पत्ति उडसाइडलाई बेच्यो जुन चलन बजारमा सबत्र देखियो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now