तास्मेनियामा आदिवासी समुदाय भित्रको कला प्रवर्द्धन गर्न विशेष कार्यक्रम

Denni Proctor is a pakana woman from north-east Tasmania.

Denni Proctor is a pakana woman from north-east Tasmania. Source: SBS News: Sarah Maunder

तास्मेनियामा आदिवासीहरूमा समर्पित एक कार्यक्रमले समुदाय भित्र रहेका कला र कलाकारहरूलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याइरहेको छ ।


डेनइ प्रोक्टल एक बह–बहुप्रतिभाशाली कलाकार हुन्  ।

उत्तर पूर्वी तास्मेनियामा बसोबास गर्ने उनले सानै उमेर देखि सङ्गीतमा आफ्नो रुचि बढाउँदै गएकी छिन् ।

हाल उनी होर्वाटमा रहेको टेरापिन पपेट थिएटरमा “हाईड द डग” नामको आगामी प्रदर्शनको  तैयारीका लागि पपेट एवम् कपडाहरूको  डिजाइनमा व्यस्त छिन् ।
Annette Downs is the senior producer for Tasmania Performs.
Annette Downs is the senior producer for Tasmania Performs. Source: SBS News: Sarah Maunder
“पालावान र माओरीको सहकार्यमा हुने भएकाले निश्चित रूपमा बाल रगंमच, सांस्कृतिक बाल नाटकको अग्र भागमा छ, आशा छ यसले विश्व भ्रमण गर्नेछ ” आउँदो प्रदर्शन प्रति उत्साहित  हुँदै उनले भनिन् ।

हाईड द डग को तैयारी हुँदै गर्दा यसलाई तास्मेनियाको अर्बोजिनल मेन्टरशिप कार्यक्रमले सहयोग गरिरहेको छ ।

अस्ट्रेलियाका चर्चित पपेट्री डिजाइनर ब्रोयोनी एन्डरसन पनि यस तैयारीमा संलग्न छिन् । र प्रोक्टल यतिखेर एन्डरसन सँग यसका बारेमा झनै बढी जान्नका लागि कक्षामा सहभागी पनि भई राखेकी छन् ।

एनेट डाउन्स तास्मेनिया पर्फमका वरिष्ठ निर्माता र आदिवासी समर्थन कार्यक्रम अर्वोजिनल मेन्टरशिप एन्ड रेसिडेन्सी कार्यक्रममा कल्पनाकार पनि हुन् ।

“हामीले यो कार्यक्रम सन् २००६ देखि सुरु गरेका हौ तर यसमा मध्यमबर्गिय गोरा मानिसहरूको बाहुल्यता भएपछि, यसमा विविधता खोजेका हौ । ” उनले भनीन ।

कार्यक्रमको सफलताले अन्य राज्यले पनि यसलाई स्वीकार गरेका छन् ।

“हामीले अघिल्लो वर्ष यो कार्यक्रमलाई डार्बिनमा लग्यौ र साथीहरूलाई उनीहरूको समुदायमा यसलाई उपयोग गर्न भन्यौ, बुनवरिमा यसले निकै ठुलो सफलता दियो ।” उनले भनिन  ।

जोर्डी ग्रेग २३ वर्षका तास्मेनियामा हुर्के बढेका आदिवासी हुन् ।

उनले तास्मेनिया पर्फमका लागि १३ वर्ष देखि कलाकारिता प्रस्तुत गर्न सुरु गरेका हुन् ।

उनी हाल एक नाटकका लागि कथा लेखिरहेका छन् ।
उनी तास्मेनिया पर्फमले आदिवासी कलाकारहरूको छुट्टै पहिचान बनाउन मद्दत गरिरहेको बताउँछन् ।

“तास्मेनिया पर्फमले हाम्रो सिपलाई प्रबन्धन गर्न मद्दत पुर्‍याइरहेको छ । हामी आफ्नो थिएटर भएको चाहाना गरिरहेका छौ जहाँ अनौठा र सुन्दर कथाहरू सुनाइनेछन्, जो निकै फाइदामा जानेछ, हामी सँग सबै प्रकारका कलाकार छन आकाश  हाम्रो लागि सीमा हुनेछ ।” उनले भने ।

ग्रेगका लागि तास्मेनिया पर्फम हरेक  नयाँ देखिन्छ । 

महामारी सुरु हुनु अघि उनले विभिन्न राज्यमा गई प्रदर्शनहरू हेरेका छन् कैयन यस्ता कलाकारहरू सँग भेट्ने अवसर भएका छन् ।

उनले चलचित्र छायाङ्कनमा समेत केही समय बिताउने मौका पाए ।

उनी हाल घरमै बसेर कथा लेखिरहेका छन्  तर उनलाई फोन वा स्काइप मार्फत चाहिएको बेला सहयोग पनि मिलिरहेको छ ।

उनी कलाकारितामा दीर्घकालीन भविष्य निर्माण गर्न चाहन्छन् । उनी हाल होर्वटमा ए बि सिका लागि पूर्णकालीन कामदारका रूपमा कार्य गरिरहेका छन् ।

रेसिडेन्सी र मेन्टरशिपको यो कार्यक्रम २०२१ सम्म चल्नेछ ।

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand