तास्मेनियामा आदिवासीहरूमा समर्पित एक कार्यक्रमले समुदाय भित्र रहेका कला र कलाकारहरूलाई प्रवर्द्धन गर्न सहयोग पुर्याइरहेको छ ।
डेनइ प्रोक्टल एक बह–बहुप्रतिभाशाली कलाकार हुन् ।
उत्तर पूर्वी तास्मेनियामा बसोबास गर्ने उनले सानै उमेर देखि सङ्गीतमा आफ्नो रुचि बढाउँदै गएकी छिन् ।
हाल उनी होर्वाटमा रहेको टेरापिन पपेट थिएटरमा “हाईड द डग” नामको आगामी प्रदर्शनको तैयारीका लागि पपेट एवम् कपडाहरूको डिजाइनमा व्यस्त छिन् ।

“पालावान र माओरीको सहकार्यमा हुने भएकाले निश्चित रूपमा बाल रगंमच, सांस्कृतिक बाल नाटकको अग्र भागमा छ, आशा छ यसले विश्व भ्रमण गर्नेछ ” आउँदो प्रदर्शन प्रति उत्साहित हुँदै उनले भनिन् ।
हाईड द डग को तैयारी हुँदै गर्दा यसलाई तास्मेनियाको अर्बोजिनल मेन्टरशिप कार्यक्रमले सहयोग गरिरहेको छ ।
अस्ट्रेलियाका चर्चित पपेट्री डिजाइनर ब्रोयोनी एन्डरसन पनि यस तैयारीमा संलग्न छिन् । र प्रोक्टल यतिखेर एन्डरसन सँग यसका बारेमा झनै बढी जान्नका लागि कक्षामा सहभागी पनि भई राखेकी छन् ।
एनेट डाउन्स तास्मेनिया पर्फमका वरिष्ठ निर्माता र आदिवासी समर्थन कार्यक्रम अर्वोजिनल मेन्टरशिप एन्ड रेसिडेन्सी कार्यक्रममा कल्पनाकार पनि हुन् ।
“हामीले यो कार्यक्रम सन् २००६ देखि सुरु गरेका हौ तर यसमा मध्यमबर्गिय गोरा मानिसहरूको बाहुल्यता भएपछि, यसमा विविधता खोजेका हौ । ” उनले भनीन ।
कार्यक्रमको सफलताले अन्य राज्यले पनि यसलाई स्वीकार गरेका छन् ।
“हामीले अघिल्लो वर्ष यो कार्यक्रमलाई डार्बिनमा लग्यौ र साथीहरूलाई उनीहरूको समुदायमा यसलाई उपयोग गर्न भन्यौ, बुनवरिमा यसले निकै ठुलो सफलता दियो ।” उनले भनिन ।
जोर्डी ग्रेग २३ वर्षका तास्मेनियामा हुर्के बढेका आदिवासी हुन् ।
उनले तास्मेनिया पर्फमका लागि १३ वर्ष देखि कलाकारिता प्रस्तुत गर्न सुरु गरेका हुन् ।
उनी हाल एक नाटकका लागि कथा लेखिरहेका छन् ।
उनी तास्मेनिया पर्फमले आदिवासी कलाकारहरूको छुट्टै पहिचान बनाउन मद्दत गरिरहेको बताउँछन् ।
“तास्मेनिया पर्फमले हाम्रो सिपलाई प्रबन्धन गर्न मद्दत पुर्याइरहेको छ । हामी आफ्नो थिएटर भएको चाहाना गरिरहेका छौ जहाँ अनौठा र सुन्दर कथाहरू सुनाइनेछन्, जो निकै फाइदामा जानेछ, हामी सँग सबै प्रकारका कलाकार छन आकाश हाम्रो लागि सीमा हुनेछ ।” उनले भने ।
ग्रेगका लागि तास्मेनिया पर्फम हरेक नयाँ देखिन्छ ।
महामारी सुरु हुनु अघि उनले विभिन्न राज्यमा गई प्रदर्शनहरू हेरेका छन् कैयन यस्ता कलाकारहरू सँग भेट्ने अवसर भएका छन् ।
उनले चलचित्र छायाङ्कनमा समेत केही समय बिताउने मौका पाए ।
उनी हाल घरमै बसेर कथा लेखिरहेका छन् तर उनलाई फोन वा स्काइप मार्फत चाहिएको बेला सहयोग पनि मिलिरहेको छ ।
उनी कलाकारितामा दीर्घकालीन भविष्य निर्माण गर्न चाहन्छन् । उनी हाल होर्वटमा ए बि सिका लागि पूर्णकालीन कामदारका रूपमा कार्य गरिरहेका छन् ।
रेसिडेन्सी र मेन्टरशिपको यो कार्यक्रम २०२१ सम्म चल्नेछ ।





