"рдордЬрд╛рд▓реЗ рд╣рд╛рд╡рд╛ рдЦрд╛рди, рдорд╛рдиреНрдЫреЗрд╣рд░реВ рджреЗрдЦреНрди рдкрд╛рдЙрджрд╛ рдзреЗрд░реИ рдЙрддреНрд╕рд╛рд╣рд┐рдд рдЫреБ": рдмреНрд░рд┐рд╕рдмреЗрдирдорд╛ рдЕрдирд┐рд╡рд╛рд░реНрдп рдХреНрд╡рд╛рд░реЗрдиреНрдЯрд┐рди рд╕рдХреЗрдХрд╛ рдиреЗрдкрд╛рд▓реАрдХреЛ рдЕрдиреБрднрд╡

Om Shrestha (1st on right) with other Nepalis returning to Sydney after 14 day mandatory quarentine in Brisbane after being evacuated from Nepal 1

Om Shrestha (1st on right) with other Nepalis returning to Sydney after 14 day mandatory quarentine in Brisbane after being evacuated from Nepal. Source: Supplied

рдХрд╛рдардорд╛рдиреНрдбреБрдмрд╛рдЯ рд╕рд┐рдзреИ рдмреНрд░рд┐рд╕рдмреЗрдирдХреЛ рдПрдХ рд╣реЛрдЯреЗрд▓рдорд╛ рдХреНрд╡рд╛рд░реЗрдиреНрдЯрд┐рдирдорд╛ рд░рд╛рдЦрд┐рдПрдХрд╛ рдУрдо рдХреГрд╖реНрдг рд╢реНрд░реЗрд╖реНрдард▓реЗ рд╕реБрд░реБрд╡рд╛рддрдорд╛ рдХреЗрд╣реА рдЕрд╕рд╣рдЬ рдорд╣рд╕реБрд╕ рднрдПрддрд╛ рдкрдирд┐ рдЖрдлреВрд╣рд░реВрдХреЛ рд╕реБрд░рдХреНрд╖рд╛рдХреЛ рд▓рд╛рдЧреА рдкрдирд┐ рддреНрдпреЛ рдЖрд╡рд╢реНрдпрдХ рднрдПрдХреЛ рдмреБрдЭреЗрд░ рдмрд┐рд╕реНрддрд╛рд░реИ рд╕реЛрд╣реА рд╡рд╛рддрд╛рд╡рд░рдгрдорд╛ рдЕрднреНрдпрд╕реНрдд рд╣реБрди рдкреНрд░рдпрд╛рд╕ рдЧрд░реЗрдХреЛ рдмрддрд╛рдПрдХрд╛ рдЫрдиреНред


рдУрдо рдХреГрд╖реНрдг рд╢реНрд░реЗрд╖реНрдард╕рдВрдЧрдХреЛ рдХреБрд░рд╛рдХрд╛рдиреА рд╕реБрдиреНрди рдорд╛рдерд┐ рд░рд╣реЗрдХреЛ рдорд┐рдбрд┐рдпрд╛ рдкреНрд▓реЗрдпрд░рдорд╛ рдХреНрд▓рд┐рдХ рдЧрд░реНрдиреБрд╣реЛрд╕реНред
गत अप्रिल २ मा नेपालबाट अस्ट्रेलिया आएका सम्पूर्ण यात्रुहरूको ब्रिसबेनको होटेलमा १४ दिने अनिवार्य क्वारेन्टिन सकिएको छ।

नेपाली ध्वजा बाहक जहाजबाट ब्रिसबेनमा झरेका यात्रीहरू मध्येका एक ओम कृष्ण श्रेष्ठले त्यहाँको बसाइ सुरुवाती दिनमा गाह्रो लागे पनि पछिल्ला दिनहरूमा भने बानी पर्न थालेकाले केही सहज भएको बताएका छन्।

दुई हप्ताको क्वारेन्टिन सकेर तीन अन्य नेपालीहरूसँग सिड्नी फर्कने क्रममा श्रेष्ठले अपर्याप्त खाना र कोठाभित्रै थुनिएको अनुभूतिका बिच पनि राम्रै सँग सो समय बिताएको भन्दै घर फर्किने उत्साह व्यक्त गरे।
Om Shrestha (1st on right) with other Nepalis, returning to Sydney in a rental car after completing 14 day mandatory quarantine in Brisbane.
Om Shrestha (1st on right) with other Nepalis, returning to Sydney in a rental car after completing 14 day mandatory quarantine in Brisbane. Source: Supplied
ब्रिस्बेनको फोर पोइन्ट्स बाइ सेराटन नामक होटेलको एउटा कोठामा सीमित हुँदा सुरुवातमा केही असहज महसुस गरेका श्रेष्ठले आफ्नो र अर्काको सुरक्षाको लागी पनि त्यो आवश्यक भएको बुझेर बिस्तारै सोही वातावरणमा अभ्यस्त हुन प्रयास गरेको बताए।

क्वारेन्टिनमा रहँदाको पहिलो दिनमा एसबीएस नेपाली सँगको कुराकानीका क्रममा उनले कोठामा ताजा हावा नआउने भन्दै गुम्सिएको अनुभव भएको बताएका थिए।
धूम्रपान गर्ने लाई दिनमा दुई पटक जति १० मिनेटको लागी बाहिर निस्कन दिने भएकाले कहिले काहीँ मात्र धूम्रपान गर्ने उनले केही समय भए पनि बाहिर निस्कन पाइने भएकाले चुरोटको बहानामा ताजा हावाका लागी बाहिर निस्किएको बताए।

त्यस्तै दिनमा तिन पटक खानाको व्यवस्था गरिने गरेकोमा खानालाई लिएर भने उनी सँगै क्वारेन्टिनमा रहेका अन्यबाट समेत असन्तुष्टि व्यक्त भएको उनले जानकारी दिए।

रेड क्रसले आफूहरूको स्वास्थ्य लगायत त्यहाँको अवस्था बारे बेला बेलामा जानकारी लिने गरेकोमा खानाका बारेमा चाहिँ धेरैले गुनासो गरेको उनको भनाइ थियो।

"खाना चाहिँ अलि कम नै दिएको र त्यति राम्रो नदिएको जस्तो भइराखेको थियो। कम्प्लेन पनि गरेको थियौँ यो विषयमा रेड क्रसलाई।"

दिनभर कोठा भित्र बस्दा भने साथी भाइहरूसँग फोनमा कुराकानी गरेर र किताबहरू पढेर दिन काट्ने गरेको उनको भनाइ थियो।
Nepal Airlines_Nepali_quarantine_Brisbane hotel_Australia_Om Krishna Shrestha
Source: Supplied
अस्ट्रेलियामा आइसकेको दुई हप्ता पछि परिवारलाई भेट्न पाउने खुसीलाई उनले पिँजडामा बसेको चरा बाहिर निस्किएको अनुभूतिका रूपमा व्याख्या गरे।

"पिँजडामा बसेको चराहरू जब पिँजडाबाट बाहिर निस्कन्छ नि, मजाले हावा खान पाउने, मान्छेहरू देख्न पाउने, म एकदम उत्साहित र खुसी छु।"

ब्रिसबेनबाट सिड्नीका लागी चल्ने सम्पूर्ण सार्वजनिक सवारीहरू बन्द रहेको समयमा श्रेष्ठ सहित सोही होटेलमा क्वारेन्टिनमा बसेका अन्य चार जना मिलेर गाडी रिजर्भ गरेर बिहीबार सिड्नी फर्कँदै छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।
e968806e-f4c6-4c94-be3c-371e46b231f8


Share

Latest podcast episodes

Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
"рдордЬрд╛рд▓реЗ рд╣рд╛рд╡рд╛ рдЦрд╛рди, рдорд╛рдиреНрдЫреЗрд╣рд░реВ рджреЗрдЦреНрди рдкрд╛рдЙрджрд╛ рдзреЗрд░реИ рдЙрддреНрд╕рд╛рд╣рд┐рдд рдЫреБ": рдмреНрд░рд┐рд╕рдмреЗрдирдорд╛ рдЕрдирд┐рд╡рд╛рд░реНрдп рдХреНрд╡рд╛рд░реЗрдиреНрдЯрд┐рди рд╕рдХреЗрдХрд╛ рдиреЗрдкрд╛рд▓реАрдХреЛ рдЕрдиреБрднрд╡ | SBS Nepali