SKIP TO MAIN CONTENT

'हाइपोथर्मीया': जाडो महिनामा पानीमा रमाउँदा के कुरामा ध्यान दिने?

Mark Kolbe/Getty Images
Cold waters could be deadly. Source: Getty / Mark Kolbe/Getty Images

जाडो महिना भए पनि अस्ट्रेलियाका केही मानिसहरू पानीसँग सम्बन्धित विभिन्न खाले खेलहरू खेलेर मनोरञ्जन लिने गर्दछन्। तर बोटीङ्ग वा पानीसँग सम्बन्धित यस्तै अन्य गतिविधिमा भाग लिँदा शरीरको तापमानमा एक्कासि कमी आई यसले खतरा निम्त्याउन सक्छ।


Published

Updated

By Catriona Stirrat

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

जाडो महिना भए पनि अस्ट्रेलियाका केही मानिसहरू पानीसँग सम्बन्धित विभिन्न खाले खेलहरू खेलेर मनोरञ्जन लिने गर्दछन्। तर बोटीङ्ग वा पानीसँग सम्बन्धित यस्तै अन्य गतिविधिमा भाग लिँदा शरीरको तापमानमा एक्कासि कमी आई यसले खतरा निम्त्याउन सक्छ।


पानीमा रमाउनु अस्ट्रेलियाको जीवनको एक अभिन्न अङ्ग हो।

तर पानीमा गरिने हरेक क्रियाकलाप सुरक्षित रूपमा गरिनु पर्ने यस सँग सम्बन्धित अधिकारीहरू बताउँछन्।

अझ जाडो महिनामा त पानी झनै खतरनाक हुने बताइन्छ।

मरिन रेस्क्यु न्यु साउथ वेल्सका इन्स्पेक्टर ग्लेन सलेभन पानीमा आइपर्ने विभिन्न खाले जोखिममा परेकाहरूको उद्धारमा खटिन्छन्।

उनका अनुसार पौडी खेल्ने, माछा मार्ने, कायाकिङ्ग गर्ने जस्ता मानिसहरू समुन्द्री छाल र चिसो पानीका कारण हाईपोथर्मीयाको जोखिममा पर्छन्।

जाडोको समयमा रक फिसिङका लागि जाने मानिसहरू पनि हाइपोथर्मीयाको जोखिममा पर्ने बताइन्छ।

हाइपोथर्मीया के हो?

एप्लाईड फिजियालोजिका प्राध्यापक फ्रान्क मरिनो हाइपोथर्मीया भनेको शरीरको तापमानमा एक्कासि कमी आउनु भएको बताउँछन्।

“हाम्रो शरीरको तापक्रम ब्यालेन्सका लागि कोर टेम्पेरेचर ब्यालेन्स पोइन्टलाई हुन्छ, यो भनेको ३६.६ देखि ३७ डिग्री सेल्सियससम्म हो, यदि कोही निकै चिसो वातावरणमा जान्छ भने, उसले आफ्नो तापक्रम गुमाउन थाल्छ,”

“ब्यालेन्स पोइन्टबाट तल झन् थाल्यो भने चाही हाइपोथर्मीयाका डर हुन्छ, र यदि झरेर ३५ डिग्री पुग्यो भने यो साँच्चीकै खतरनाक हुन्छ।”

निकै छिटो हुने अवस्था निकै पिडादायी हुने उनले बताए।

सर्फिङ्ग गर्ने मानिस र पौडीबाजहरू पनि हायपोथर्मीयाको जोखिममा हुने उनको भनाई छ।

सर्फ लाइफ सेभिङ्गसका प्रमुख कार्यकारी स्टिभन पियर्सका अनुसार जाडो मौसममा धेरै मानिसहरूलाई हाइपोथर्मीया भएपछि उद्धार गर्नु परिरहेको छ।

यस कारण पनि, पानीमा मनोरञ्जन लिँदा केही सचेत रहनुपर्ने उनले बताए।

उपयुक्त स्विम सुट र भिजेको खण्डमा फेर्नका लागि कपडा साथमा पनि लिएर जान उनको सुझाव छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now