SKIP TO MAIN CONTENT

वार्षिक परीक्षाको समय नजिकिँदै जाँदा विद्यार्थीहरूको निन्द्रा हराउँदै

hsc.jpg

महामारी कहरको दुई वर्ष पछि १२ कक्षाको परीक्षा नजिकिँदै गर्दा धेरै विद्यार्थीहरू पढाइको तनावबाट गुज्रिरहेका छन्। एक नयाँ अनुसन्धानका अनुसार त्यही तनावका कारण निन्द्रा हराउने समस्या देखिएको छ।


Published

By Sandra Fulloon

Presented by Sunita Pokharel

Source: SBS


Skip to podcast episode content

महामारी कहरको दुई वर्ष पछि १२ कक्षाको परीक्षा नजिकिँदै गर्दा धेरै विद्यार्थीहरू पढाइको तनावबाट गुज्रिरहेका छन्। एक नयाँ अनुसन्धानका अनुसार त्यही तनावका कारण निन्द्रा हराउने समस्या देखिएको छ।


१७ वर्षीय लक्ष्मी राजन थेरन पश्चिमी सिड्नीको हाई स्कुलमा अध्ययनरत छिन्।

अन्तिम परीक्षाको तयारीमा रहेका अस्ट्रेलियाभरका १७ लाख विद्यार्थीहरू मध्ये उनी पनि एक हुन्।

धेरै विद्यार्थीहरू जस्तै लक्ष्मीलाई पनि परीक्षाको तनाव रहेको छ।

"आफूले चाहेको विषयमा जान नसक्नु आफूले चाहेको विश्वविद्यालयमा जान नसक्नु र सायद आफू माथिको अपेक्षालाई लिएर आफ्नो अभिभावकहरूलाई निराश बनाउनु। यिनै केही कुराहरू हुन् जुन यो महत्त्वपूर्ण समयमा मेरो दिमागमा घुमिरहेका छन्।"

लक्ष्मीको परीक्षाका विषयहरूमा एडभान्स्ड म्याथ, अङ्ग्रेजी, बिजनेस स्टडिज र अर्थशास्त्र रहेका छन्।

सिकारु व्यवसायी उनी कुनै दिन आफ्नै व्यवसाय खोल्ने सपना राख्छिन्।

साथै उनको सिड्नीको युनिभर्सिटी अफ टेक्नोलोजीबाट बिजनेस डिग्रीका लागि योग्य बन्ने आसा छ।

यसको लागि परीक्षामा उच्च अङ्क ल्याउनु आवश्यक छ।

यद्यपि, देशभरका अन्य परीक्षार्थीहरू जस्तै, लक्ष्मीको माध्यमिक स्तरको पढाइ कोभिडका कारण प्रभावित भयो। र उनी भन्छिन् त्यसको असर अहिले पनि अनुभव हुन्छ।

"मेरो साथीहरूसँगको सम्पर्क टुटेको छ र मलाई लाग्छ मेरो निदाउने समय तालिकामा पनि परिवर्तन आएको छ।"

Lakshmi Rajan-Theran is a 17-year-old attending high school in Sydney’s west (Supplied-Sandra Fulloon).jpg

मानसिक स्वास्थ्य प्रदायक रिचआउट अस्ट्रेलियाले ६०० युवाहरू माथि गरेको सर्वेक्षणले निन्द्रा हराउने र पढाइको तनाव बढ्दो अवस्थामा रहेको देखाएको छ।

यस सेवाकी निर्देशक ज्याकी हेलेन हुन्।

"यो वर्ष उनीहरूले निन्द्रामा असर पारेको बताउनेहरूको सङ्ख्या तिहाइबाट ७० प्रतिशत भन्दा माथि गएको छ। लामो समयसम्म रहने निन्द्रा हराउने समस्या- दुवै मानसिक र शारीरिक स्वास्थ्यका दृष्टिकोणले एकदमै ठुलो चिन्ताको विषय हो ।"

ठुलो परीक्षा नजिकिँदै जाँदा- सर्वेक्षण गरिएका युवा वर्गले तनावको अनुभव भएको बताएका छन् जुन सामान्य हो।

तर असामान्य के हो भने यो वर्ष धेरै विद्यार्थीहरू आफ्नो भविष्यलाई लिएर पनि चिन्तित छन्।

रिचआउटका प्रमुख कार्यकारी अधिकृत एश्ली डी सिल्भा बताउँछन् ।

"मेरो लागि भविष्य कस्तो रहेको छ भन्ने बारे उनीहरूले दबाब महसुस गरेका छन्।"

गम्भीर चिन्ताको असर दीर्घकालीन हुने भन्दै डी सिल्भा अभिभावकहरूलाई खतराको सूचकहरूमा ध्यान दिन सुझाव दिन्छन्।

"तपाइले लामो समयसम्म व्यवहारमा परिवर्तन देख्नुहुन्छ र उनीहरूमा एकत्रित हुन समस्या भएको वा पहिले निकै रमाएर गर्ने कामहरूबाट पनि पछि हट्ने- सामाजिक घुलमिल र खेलकुदहरू- त्यो अन्तिम बिन्दु हो।"

स्वास्थ्य विभागले रिचआउटलाई कोष उपलब्ध गराउँदै आएको छ र युवा वर्गलाई मानसिक स्वास्थ्य र साथीहरूको समर्थन प्रदान गर्दछ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

हेलेन तनाव महसुस गरेकाहरू अनलाइनमा आउन आग्रह गर्छिन्।

"उनीहरूको अनुभवसँग मिल्दोजुल्दो सामाग्रीहरू रहेका छन्। र हामीले के सुनेका छौँ भने, आफू जस्तै अवस्थाबाट अरू मानिसहरू पनि गएका छन् भन्ने पढ्दा पनि त्यसले तत्कालका लागी त्यो तनावबाट राहत मिल्छ।"

राम्रो पक्षका बारेमा हेलेन भन्छिन् कोभिड पश्चात् विद्यार्थीहरू मानसिक स्वास्थ्य र यसलाई सन्तुलन गर्ने उपायहरूका बारेमा खुलेर कुरा गर्न थालेका छन्।

एचएससीकी विद्यार्थी एल्ला राक्सल उनीहरू मध्ये एक हुन्।

"म अहिले मेडिटेसन गर्न थालेको छु.… र मैले अहिले अनुभव गरेको छु कि यो वास्तवमा निकै सहयोगी हुन्छ।"

मक्वयरि युनिभर्सिटीका साइकोलोजी प्रोफेसर भिभियाना वाथरिच भन्छिन् उच्च तनावले विद्यार्थीहरूको एकाग्र हुने क्षमतामा असर पुर्‍याउँछ र परीक्षामा उनीहरूको प्रदर्शन पनि घटाउँछ। त्यसैले यसको उचित व्यवस्थापनमा ध्यान दिनु पर्ने उनको भनाइ छ।

लक्ष्मी राजन थेरनका लागि परीक्षालाई लिएर रहेको केही तनाव भने कम भएको छ।

"यूटीएसबाट मैले अगाडी नै अफर पाएँ मेरो सपना पुरा भयो।"

यो सामाग्री यो एसबीएसको स्वास्थ्य सम्बन्धी पहल माइन्ड योर हेल्थ अन्तर्गतको हो। यस्तै थप सामाग्रीहरूका लागि sbs.com.au/mindyourhealth मा जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now