Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालको बाढीमा कम्तीमा सातको मृत्यु, कैयौँ विस्थापित

Houses are flooded at Melamchi area following torrential rains in Melamchi, Sindhupalchwok district, Nepal, 16 June 2021.

नेपालमा यस पालिको बर्खा याम सुरु भए सँगै देशका विभिन्न क्षेत्रहरूमा बाढी पहिरोले क्षति पुराएका विवरणहरू आइसकेका छन्। यस वर्ष सामान्य भन्दा धेरै पानी पर्ने चेतावनीका साथ मानिसहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


नेपालमा यस पालिको बर्खा याम सुरु भए सँगै देशका विभिन्न क्षेत्रहरूमा बाढी पहिरोले क्षति पुराएका विवरणहरू आइसकेका छन्। यस वर्ष सामान्य भन्दा धेरै पानी पर्ने चेतावनीका साथ मानिसहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।


नेपालका विभिन्न भागमा आएका बाढी पहिरोका कारण कम्तीमा पाँच जनाको ज्यान गएको तथा दस जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। सबै भन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामा भएको बताइएको छ।

गत मङ्गलवार र बुधबार गरी सात वटा जिल्लाबाट क्षतिका विवरणहरू आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्व प्रकाश अर्यालले बुधबार जानकारी दिएका थिए।

गृह मन्त्रालयको उक्त निकायको कार्यकारी समितिले मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी कार्य योजना स्वीकृत गरेको बुधबार अर्यालले बीबीसी नेपाली सँगको कुराकानीमा बताएका हुन्।

A member of the Nepali Army hangs from a helicopter to rescue stranded people in Melamchi, Sindhupalchwok district, Nepal, 16 June 2021.
A member of the Nepali Army hangs from a helicopter to rescue stranded people in Melamchi, Sindhupalchwok district, Nepal, 16 June 2021. Source: AAP Image/EPA/NARENDRA SHRESTHA

त्यस योजनाले विगतमा आएका जोखिमहरूको विश्लेषण गरेर, आउन सक्ने विपद् बारे सरकारका निकायहरूलाई आवश्यकता अनुसार परिचालन गराइने छ।

यसपालि धेरै पानी पर्ने प्रक्षेपण र त्यस सँगै हिउँदमा व्यापक डढेलो लागेका कारण रुखबिरूवा मासिएका पहाडी क्षेत्रहरूमा पहिरोको ज्यादा खतरा रहेको प्राधिकरणका अधिकारीहरूले अनुमान गरेका छन्। 

त्यस माथि, कोभिड-१९ महामारीले विपद् व्यवस्थापनमा जटिलता थप्ने त्रास पनि छ। पारित गरिएको परियोजनामा कोभिड बारे पनि ध्यान दिइएको अर्यालले बताए।

अहिले सम्म सबै भन्दा क्षति भएका परेका क्षेत्रहरू सिन्धुपाल्चोक र मनाङ हुन्। बुधबार सम्म सिन्धुपाल्चोकको अवस्थाको बारेमा उक्त क्षेत्रका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बीबीसी नेपालीसँगको कुराकानीमा बताएका हुन्।

People watch the flooded Melamchi river following torrential rains in Melamchi, Sindhupalchwok district, Nepal, 16 June 2021.
People watch the flooded Melamchi river following torrential rains in Melamchi, Sindhupalchwok district, Nepal, 16 June 2021. Source: AAP Image/EPA/NARENDRA SHRESTHA

बाढीका कारण घाइते भएका मानिसहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ तर्फ लागिएको उनले बताए। बुधबार सम्म पहिचान नखुलेको एक शव फेला परेको पनि उनले बताए।

अहिलेको माननीय उद्धारलाई प्राथमिकता दिइरहेको हुनाले भौतिक क्षतिको ठोस विवरण अहिले छैन।

त्यस्तै, मनाङमा बुधबार साँझ सम्म करिब दुई सय घर परिवार गरी करिब एक हजार जना मानिसहरू विस्थापित भएको त्यहाँका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका थिए।

त्यस मध्य केहीलाई नवनिर्मित कारागार भवनमा खाने बस्ने व्यवस्थाका साथ राखिएको, र अन्यलाई स्थानीय आधिकारिक तह, राजनीतिक कार्यकर्ता र प्रहरीहरूले व्यवस्थापन गरिरहेको उनले बताए।

राहत सामग्री संहित काठमाडौँबाट आउने भनिएको हेलिकप्टर बुधबार सम्म नआएका हुनाले बाहिरी सहयोग नपाएको पनि उनले बताए। 

यस बीच, मेलम्ची नदीमा आएको बाढीले मेलम्ची आयोजनाका तीन जना चिनिया, तीन जना भारतीय, र दुई जना नेपाली कामदारहरू सम्पर्क विहीन भएको मेलम्ची खाने पानी विकास समितिले जनाएको छ।

आयोजना क्षेत्रमा पानी पस्न गएको हुनाले निर्माण सामग्री, पुल र पहुँच सडकहरू बगाएको बताइएको छ।

आयोजनाको मुख्य बाँध स्थल यथा स्थितिमा रहेको देखिएको, र मुख्य सुरुङ र पानी प्रशोधन केन्द्रमा कुनै गम्भीर क्षति नभएको विवरण आएको समितिले जनाएको छ। क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको, बताइएको छ।

श्रोत: बीबीसी नेपाली


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now