रोजगारीका लागि धेरै नेपाली मध्यपूर्व पुग्ने गरेका छन्। नेपाल सरकारले गत महिना सार्वजनिक गरेको विवरण अनुसार मध्यपूर्वका विभिन्न देशहरूमा १७ लाख भन्दा बढी नेपाली रहेका छन्। उनीहरू वैदेशिक रोजगारी, अध्ययन लगायतका प्रायोजनका लागि त्यहाँ पुगेको सरकारी भनाई छ। मध्यपूर्वमा गत एक महिनायता तनाव बढ्दै गएपछि त्यहाँ रहेका नेपालीको सुरक्षा, धेरैको प्रमुख चासोको विषय बनेको छ। यसै प्रसङ्गमा, मध्यपूर्वमा कार्यरत केही कामदारका नेपालस्थित परिवारका सदस्यहरूसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्। दुबई र साउदी अरबमा काम गर्दै आएका आफ्ना श्रीमानहरूको सुरक्षालाई लिएर चिन्तित रहेको शान्ति पाल र अन्जु मण्डलले बताएका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





