मेलबर्नकी बासिन्दा प्रेरणा मल्लले करिब पाँच वर्ष अगाडी आफूले अपर मुस्ताङको यात्रा मोटरसाइकलमा तय गर्नुलाई नेपालमा रहेको पुरुष सत्तालाई दिएको जवाफका रूपमा हेरेकी छिन्। उनलाई महिला भएकै कारण समकालीन पुरुष आफन्तहरूको समूहबाट उक्त यात्रामा जान रोकेको कुराले केही तितो अनुभव दिएको थियो। तर उनका बुबा प्रेम मल्लले छोरीको यात्रामा साथ दिन सन् २०१९ मा अपर मुस्ताङ यात्रामा डर्ट बाइकका साथ निस्किएको अनुभव सुनाएका छन्। उनै बुबा-छोरीको जोडी प्रेरणा र प्रेम मल्लले एसबीएस नेपालीसँग अपर मुस्ताङ जाँदाका अप्ठ्यारा र उक्त यात्राको सम्झना बाँडेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share



![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)