SKIP TO MAIN CONTENT

अस्ट्रेलिया हिँडेका नेपाली यात्रु मलेसियामा अलपत्र

Stranded travelers wait in the departure hall of the Hong Kong International Airport in Hong Kong.
Stranded travellers wait in the departure hall at International Airport in Hong Kong. (Representational image) Source: AP

अस्ट्रेलिया जाने भनेर नेपालबाट विमान चढेका यात्रूहरू मलेसियामा अलपत्र परेपछि कति त नेपाल नै फर्किएका छन्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया जाने भनेर नेपालबाट विमान चढेका यात्रूहरू मलेसियामा अलपत्र परेपछि कति त नेपाल नै फर्किएका छन्।


हिमालय एयरलाइन्सको विमान ढिलो गरि गन्तब्य क्वालालाम्पुर पुगेपछि अस्ट्रेलिया आउने उडान छुटेको थियो। 

नेपालबाट अस्ट्रेलिया हिँडेका १४२ यात्रु मलेसियामा समस्यामा परेपछि कतिपय आफैँ टिकट किनेर अर्को उडानमा अस्ट्रेलिया पुगेका छन् भने कतिपय नेपाल नै फिर्ता गएका छन्।

डिसेम्बर १७ मा नेपालबाट क्वालालम्पूर उडेको हिमालय एयरलाइन्सको विमान नेपालमै केही प्राविधिक समस्याका कारण ढिलो भएको थियो।

"क्वालालम्पूरमा खराब मौसम भएका कारण विमान पेनाङ जानु परेकाले थप ढिलो भयो," हिमालय एयरलाइन्सका सेल्स विभागका उपप्रमुख अनिश जोशी बताउँछन्।

"पेनाङबाट क्वालालम्पूर फर्किँदा केही समय लागेर केही यात्रुको कनेक्टिङ फ्लाइट छुटेको हो।"

हिमालय एयरलाइन्सको उडान बेलुकी ५ बजेको सट्टा राती १० बजे क्वालालम्पूर पुगेपछि सिंगापुर एयरलाइन्सको विमान ती यात्रुलाई केही बेर पर्खेर उडिसकेको थियो।

हिमालय एयरलाइन्सको उडानमा रहेका १५२ यात्रु मध्ये १० जनाको भोलिपल्ट मात्र कनेक्टिङ फ्लाइट रहेको थियो र उनीहरूलाई समस्या भएन भने बाँकी १४२ जना विमानस्थलमा राती खाना पनि किन्न नसकेर समस्यामा परेका थिए।

पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: अस्ट्रेलिया हिँडेका नेपाली यात्रु मलेसियामा अलपत्र हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

त्यसरी यात्रा गरेर आफ्नो श्रीमान् पनि समस्यामा परेको र भोलिपल्ट सिंगापुर एयरलाइन्सबाट अस्ट्रेलिया पुगेको एडिलेड निवासी साया शर्माले बताएकी छिन्।

"वहाँहरूलाई हामीले मानवीय हिसाबले सहायता गर्‍यौँ। विमानस्थलमा रहेका एक जना हाम्रो स्टाफले वहाँहरूलाई बाहिरबाट खाना किनेर ल्याएर खुवाएका थिए," जोशी भन्छन्।

सामाजिक सञ्जालमा देखा परेका केही भिडियोहरूमा ती यात्रु अन्योलमा परेर विमानस्थलका कर्मचारीहरूसँग के गर्ने भनेर सोधिरहेको देखिन्छ।

त्यसपछि कतिले नेपालमा आफ्नो ट्राभल एजेन्टलाई सम्पर्क गरेर नयाँ टिकट काटेर वा पुरानै टिकटलाई फेरी मान्यता दिएर अस्ट्रेलियातर्फ उडेका थिए भने कतिपयलाई हिमालय एयरलाइन्सले निःशुल्क नेपाल फर्काएको थियो।

"पोइन्ट टु पोइन्ट सिस्टममा हाम्रो जिम्मेवारी वहाँहरूलाई मलेसियासम्म पुर्‍याउने मात्रै भएकाले त्यहाँ भन्दा अगाडिको उडानहरूको बारेमा हाम्रो जिम्मेवारी हुँदैन।"

"र कनेक्टिङ फ्लाइटमा कसरी जाने भन्ने कुरा ट्राभल एजेन्टमा भर पर्छ। तर हामीले नेपाल फर्किन चाहने १५ जना यात्रुहरूलाई फिर्ता ल्यायौँ, र वहाँहरू फेरी त्यसरी नै मलेसिया जान चाहनुहुन्छ भने हामी निःशुल्क लैजान्छौँ," जोशी भन्छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now