फुर्सदमा मनोरञ्जन, जानकारी र पछिल्ला समाचार पाउने डिजिटल साथीको खोजी गर्दै हुनुहुन्छ भने त्यो गन्तव्य एसबीएस अन डिमान्ड बन्न सक्छ। हिन्दि भाषाका चलचित्रहरू तमासा, फेसन त्यस्तै माइ मेलबर्न र अन्य अङ्ग्रेजी भाषामा हेर्न सकिने सामाग्रीहरूमा ट्रान्स्जेन्डर पुरुष डार्सीको आफ्नो विगतसँगको भेट देखाउने ड्रामा, होमबडिज, त्यस्तै नेपोबेबी, द हस्पिटल इन द डीप इन्ड र फरक विषय वस्तु र समाजमा खुलेर नबोलिने विषयमा डकुमेन्ट्रीको शैलीमा प्रस्तुत हुने चर्चित कार्यक्रम 'इनसाइट' एसबीएस अन डिमान्डमा निःशुल्क हेर्न सक्नुहुन्छ। अन्य दैनिक समाचार, रेडियो कार्यक्रमहरू लगायत अन्य के कस्ता सामग्री पाइन्छ एसबीएस अन डिमान्डमा भनेर जान्न यो रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Watch SBS OnDemand:
Share





